२०७७ मंसिर ९, मंगलवार

चाडपर्व नजिकीदै गर्दा बजार अनुगमन

bbbbzzzसुर्खेत, २४ भदौ । चाडपर्व नजिकिदै गर्दा सुर्खेतमा बजार अनुगमनमा कडाइ गरिएको छ ।  संयुक्त बजार अनुगमन समितिले पहिलो दिन विहीबार सदरमुकाम वीरेन्द्रनगरका विभिन्न पसल तथा डिलरहरुको अनुगमन गरेको हो ।

समितिले अनुगमनका क्रममा भेटिएका म्याद नाघेका वस्तुहरु जफतगरी नष्ट गरेको छ भने आगामी दिनमा गल्ती नगर्न व्यापारीहरुलाई चेतावनी दिएको छ ।

समितिले पहिलो दिन पाँच वटा पसल र दुई वटा डिलरको अनुगमन गरेको छ । अनुगमनका क्रममा म्याद नाँघेर बिक्रीका लागि राखेका पेय पदार्र्थ बढी भेटिएको समितिले जनाएको छ ।

कोकाकोला, स्प्राइट र फ्याण्टाको डिलर श्रीराम सप्लायर्सबाट म्याद गुज्रेका डेढ लिटरको ६ बोतल, दुई दशमलव २५ लिटरको ४ बोतल र ५ सय मिली लिटरको ३६ बोतल स्प्राइट अनुगमन टोलीले नष्ट गरेको छ । त्यस्तै सोही डिलरबाट ५ सय मिलि लिटरको प्mयाण्टा २४ बोतल, दुई दशमलव २५ लिटरका ५ बोतल र डेढ लिटरको ९ बोतल फ्याण्टा नष्ट गरिएको छ ।

५ सय मिलि लिटरको १६ बोतल, २ दशमलव २५ लिटरको ४ बोतल र डेढ लिटरको ७ बोतल कोकाकोला पनि समितिले नष्ट गरेको छ । नष्ट गरिएका सबै पेय पदार्थको म्याद नाघेको थियो । श्रीराम सप्लायर्स र ड्यू र पेप्सीको डिलर बाटिका इन्टर प्राइजेजलाई समितिले म्याद नाँघेका र ननाँघेका वस्तु फरक फरक ठाउँमा राख्न निर्देशन पनि दिएको छ ।

वीरेन्द्रनगर ६ बुधपथको सुहाना स्टोरर्सबाट १२ बोतल स्प्राइट र ५ बोतल फ्याण्टा अनुगमन समितिले जफत गरी नष्ट गरेको छ । बुद्यपथकै ओम साई टे«डिङ एण्ड सप्लायरर्सबाट अनुगन समितिले २ बोतल स्प्राइट, १ बोत्तल फ्याण्टा, १ बोत्तल कोकाकोला, २ प्याकेट स्याउँको जुस, १५ प्याकेट विष्कुट र ५० प्याकेट कुरमुरे म्याद नाघेको पाइएपछि जफतगरी नष्ट गरेको छ ।

उक्त पसल दर्ता नगरी सञ्चालन भएको पाइएपछि समितिले तत्काल सम्बन्धित निकायमा दर्ता गर्न पनि निर्देशन दिएको छ । बुद्यपथकै देवकोटा जनरल स्टोरर्समा सेभेन अप नामक पेय पदार्थ १२ बोतल, स्प्राइट ५ बोतल, फ्याण्टा १३ बोत्तल र कोकाकोला १ बोतल म्याद नाघेको पाइएपछि समितिले नष्ट गरेको छ । अनुगमनका क्रममा भेटिएको सुपर रिफाइन नामक १५ लिटरका ९ टिन तेल भने नष्ट गर्नका लागि निर्देशन दिएको छ । उक्त तेल पनि म्याद नाघेको पाइएको थियो ।

संयुक्त जिल्ला बजार अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकाारी गंगाप्रसाद न्यौपानेले नियमित रुपमा बजार अनुगमन गरिने बताए । चाडपर्वका बेलामा हुन सक्ने बदमासी रोक्नका लागि समितिले विशेष चासो दिएको पनि उनले बताए । ऐन विपरित उपभोक्ताको स्वास्थ्यमाथी खेलवाड गरी अखाद्य वस्तु विक्री गरेको पाइएमा कडा कारबाही गर्ने उनको भनाइ छ ।

उनले वस्तु उपभोग गर्दा मिसावट, म्याद गुज्रिए÷नगुज्रिएको जस्ता कुरामा सचेत रहन उपभोक्तालाई समेत अनुरोध गरेका छन् ।