२०७७ माघ ४, आईतवार

औषधिजन्य जडीबुटी घाँस–दाउरामा प्रयोग हुन नदिऔं, ‘प्रधानमन्त्री’

_DSC1088भदौ २४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वदेखि पश्चिम र हिमालदेखि तराईसम्म रहेका औषधिजन्य जडीबुटीहरुलाई घाँस–दाउराको रुपमा प्रयोग हुने परिस्थिति अन्त्य गर्नुुपर्ने बताउनुभएको छ ।

बिहीबार दिउँसो नेपाल संस्कृत विश्वविद्यालयको ६९ औं बैठकलाई बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘हाम्रो मुलुकको पूर्वदेखि पश्चिमसम्म, हिमालदेखि तराईसम्म थुप्रै औषधिजन्य जडीबुटीहरु घा“स–दाउराका रुपमा प्रयोग भइरहेका छन् ।

ती औषधिमूलक जडीबुटीहरुको सङ्कलन, संरक्षण, निर्माण, प्रशोधन र बजारको व्यवस्था मिलाउन सकियो भने देशलाई यस क्षेत्रमा आत्मनिर्भर हुन निकै ठूलो मद्दत पुग्छ भन्ने मलाई लाग्दछ ।’

सभामा प्रधानमन्त्रीले लोकतन्त्रलाई बलियो बनाउन शिक्षा क्षेत्रलाई अझ व्यापक, व्यवस्थित, अनुशासित र गुणस्तरीय बनाउनुपर्ने बताउनुभयो । ऋषि मुनीहरुको साधना, प्रयोग र अनुभवबाट आर्जेको ऐतिहासिक ज्ञान र कृतिलाई शिक्षण, प्रशिक्षण, अनुसन्धान र प्रयोगमा लगाउन उहाँले जोड दिनुभयो ।

सो अवसरमा विश्वविद्यालयका पदाधिकारीहरुले संस्कृत विश्वविद्यालयको प्राज्ञिक विकासको आवश्यकता, संस्कृत विश्वविद्यालयको आधुनिकीकरणमा जोड दिँदै विश्वविद्यालयका समस्याबारे सभालाई अवगत गराउनुभएको थियो ।

यस्तो छ  प्रधानमन्त्री एवम् नेपाल संस्कृत विश्वविद्यालयका  कुलपति पुष्पकमल दाहाल (प्रचण्ड) को सम्बोधन

माननीय सहकुलपति एवम् उपकुलपतिहरु,
तथा
विद्वान् सभासद्हरु !

कुलपतिका हैसियतले नेपाल संस्कृत विश्वविद्यालय सभाको ६९ औँ बैठकको अध्यक्षता गर्ने अवसर प्राप्त भएकोमा मैले आफुलाई गौरवान्वित ठानेको छु । देश र जनताको स्वाधिनताका लागि प्राण आहुति गर्ने सम्पूर्ण ज्ञात–अज्ञात शहिदहरुप्रति प्रथमतः हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भइसकेको छ । अब देशमा संविधान कार्यान्वयन गर्दै विकासको प्रतिफल आम नेपाली जनताको घर दैलोमा पु¥याउने दिशामा हाम्रो ध्यान केन्द्रित हुनु पर्दछ । लोकतन्त्रलाई बलियो बनाउन शिक्षा क्षेत्रलाई अझ व्यापक, व्यवस्थित, अनुशासित र गुणस्तरीय बनाउनु जरुरी छ ।

हाम्रा पूर्वजहरुको कठिन तप र साधनाबाट निःसृत ज्ञान–विज्ञानको विशाल भण्डार संस्कृत वाङ्मयमा विद्यमान छ । ऋषि–मुनिहरुको साधना, प्रयोग र अनुभवद्वारा आर्जेका वेद, उपनिषद्, इतिहास, पुरातÏव, दर्शन, स्मृति, व्याकरण, महाकाव्य, नाटक, पुराण आदि अत्यन्त मूल्यवान् ग्रन्थहरु छन् । संस्कृतभित्र वर्तमान मानव जीवन र राष्ट्रको विकासका निम्ति अत्यन्त उपयोगी अनेकौँ प्रायोगिक विधाहरु पनि छन् । तीमध्ये आयुर्वेद, योग, प्राकृतिक चिकित्सा, ज्योतिष, वास्तुशास्त्र, कृषि, स्थापत्यशास्त्र जस्ता जनसरोकारका विषयहरुकोे शिक्षण, प्रशिक्षण, अनुसन्धान र प्रयोगको विकास र विस्तार आवश्यक छ ।

त्यसो नहुँदासम्म संस्कृत वाङ्मयलाई लोकप्रिय बनाउन तथा देश र जनताको सेवामा पूर्णरुपले लगाउन सकिँदैन । तसर्थ जनतास“ग सरोकार राख्ने यस्ता विषयहरुको अध्ययन, अध्यापन, विकास र विस्तारमा विश्वविद्यालयले विशेष ध्यान दिनुपर्दछ । कुनै पनि ज्ञानलाई सामाजिक जीवन र उत्पादनस“ग जबसम्म जोड्न सकिदैन, तबसम्म त्यसको वैज्ञानिकता र व्यावहारिकता पुष्टि हुन सक्दैन । तसर्थ शिक्षालाई अझ बढी जनमुखी र लोकप्रिय बनाउनका लागि गम्भीरतापूर्वक ध्यान दिनु जरुरी छ ।

विश्वका प्रचलित भाषाहरुमध्ये व्याकरणका दृष्टिले संस्कृत जति वैज्ञानिक र विशाल छ संस्कृत साहित्य पनि त्यत्तिकै समृद्ध साहित्यमा पर्दछ । संस्कृत भाषा र यसभित्र अन्तरनिहित ज्ञान–विज्ञानका विविध पक्षहरुको विकास र विस्तारमा संस्कृतज्ञहरुकै अहम् भूमिका रहन्छ । जसले जो बुझेको र चिनेको हुन्छ, त्यस भित्रका बहुआयामिक विधाहरुका बारेमा थाहा पाएको हुन्छ, त्यसैको सहभागिताबाट नै सफलता हासिल हुने भएकाले संस्कृतका मर्मज्ञ र विशेषज्ञहरुलाई यस पुनित कार्यमा अझ बढी लाग्न आग्रह गर्दछु । संस्कृत वाङ्मयभित्रका प्रायोगिक विधाको विकास र विस्तारमा नेपाल सरकारबाट विगतका दिनहरुमा झैं आगामी दिनमा पनि सहयोग र सद्भाव प्राप्त हुने कुुरामा म यस सभालाई आश्वस्त पार्न चाहन्छु ।

आयुर्वेद विज्ञानको अध्ययन, आयुर्वेदिक औषधिहरुको निर्माण, प्रयोग र योग विज्ञानको क्रियात्मक प्रशिक्षणलाई विशेष रुपले ध्यान दिनुपर्दछ । हाम्रो मुलुकको पूर्वदेखि पश्चिमसम्म, हिमालदेखि तराईसम्म थुप्रै औषधिजन्य जडीबुटीहरु घा“स–दाउराका रुपमा प्रयोग भइरहेका छन् । ती औषधिमूलक जडीबुटीहरुको सङ्कलन, संरक्षण, निर्माण, प्रशोधन र बजारको व्यवस्था मिलाउन सकियो भने देशलाई यस क्षेत्रमा आत्मनिर्भर हुन निकै ठूलो मद्दत पुग्छ भन्ने मलाई लाग्दछ ।

विकट स्थानमा वसोवास गर्ने र गरिबीको रेखामुनिका जनतालाई लाभान्वित तुल्याउने गरी आयुर्वेद र योगका कार्यक्रमको निरुपण हुनुपर्दछ । विश्व जनसमुदाय नै आयुर्वेद र योगतर्फ आकर्षित भइरहेको वर्तमान परिवेशमा हामीस“ग रहेको ज्ञान र स्रोतलाई भरपुर उपयोग गरी आमजनतालाई आर्थिक सबलतातर्फ उन्मुख गराउने गरी विश्वविद्यालयका कार्यक्रम अभिमुख हुनुपर्दछ ।

गुरुकुलीय परम्परालाई जीवन्त राख्न संस्कृतको पठन–पाठनका लागि खोलिएका संस्कृत पाठशाला, विद्याश्रम र आश्रमहरुको संरक्षण र संवद्र्धनका लागि सरकारले ध्यान दिइरहेको छ । यिनीहरुलाई अझै व्यवस्थित गर्नका लागि के गर्न सकिन्छ भन्ने विषयमा पनि गम्भीर छलफल हुनु आवश्यक छ ।

नेपाल संस्कृत विश्वविद्यालय स्वायत्त संस्था हो । त्यसैले यसको चल–अचल सम्पत्तिलाई आयमूलक दृष्टिले अधिकतम परिचालन गर्न सक्नुपर्छ । यसो गर्न सकेमा मात्रै स्थायी आयस्रोत जुटाउन सकिन्छ र आर्थिक दृष्टिले विश्वविद्यालयलाई आत्मनिर्भर गराउन सकिन्छ ।

विश्वविद्यालयले यस दिशामा गम्भीर रुपमा ध्यान देओस् भन्ने मेरो आग्रह छ र शिक्षापे्रमी दाताहरूबाट शिक्षाको विकासका लागि संस्थाका नाममा दान दिएको चल तथा अचल सम्पत्तिको उपयोग र उपभोगमा देखिएको असहज परिस्थितिलाई आपसी छलफल, सहमति र समझदारीका आधारमा समाधान गर्ने व्यवस्था मिलाउने दिशामा विश्वविद्यालयले गृहकार्य गर्नु जरुरी छ । विश्वविद्यालयद्वारा प्रस्तुत हुने प्रस्तावमा नेपाल सरकारका तर्पmबाट आवश्यक सहयोग हुँदै जानेछ ।

अन्त्यमा, संस्कृत वाङ्मयको संरक्षण र सम्बद्र्धनमा समर्पित यस विश्वविद्यालयले आफ्नो उद्देश्य पूरा गराउनका लागि गहकिला प्रयासहरु अघि बढाउ“दै जानेछ भन्ने अपेक्षा गर्दै विश्वविद्यालयको उन्नयनका लागि कटिबद्धताका साथ अघि बढ्न तपाईंहरु सबैलाई म हार्दिक आग्रह गर्दछु ।

प्रधानमन्त्रीको निजी सचिवालय, बालुवाटार,