२०७७ मंसिर १०, बुधबार

यो फोटो हटाएर पनि फेरी राख्यो फेसबुकले

napalm-girl-vietnam-war-photo-12201419२६ भदौ, एजेन्सी।

फेसबुक आफैले डिलिट गरिदिएको भियतनाम युद्धको एक तस्बिर अब राख्ने दिने भएको छ। नर्वेकी प्रधानमन्त्रीले सेयर गरेको एउटा पोस्ट विना सूचना फेसबुकले डिलिट गरिदिएको थियो। प्रधानमन्त्री एर्ना सोलबर्गले सेयर गरेको सो पोस्टमा भियतनाम युद्धको एक पुरानो तस्बिर सामेल थियो।

नापाल्म आक्रमण पश्चात भाग्दै गरेका बच्चाहरुमा नाङगै एक बालिका भएको तस्बिर फेसबुकले कम्युनिटी स्ट्याण्डर्ड उल्लंघन गरेको भन्दै हटाएको जनाएको छ। प्रधानमन्त्रीले फेसबुकलाई आफ्नो पोलिसी सच्चाउन माग गरेपछि फेसबुकले जवाफ दिएको छ।

इतिहास र विश्वको महत्वको यो तस्बिरले कुनै निश्चित समयलाई झल्काउने भन्दै फेसबुकले अहिले भने यो तस्बिरलाई राख्न दिने बताएको छ। एपीका निक उटले खिचेको यो तस्विरमा रुदैँ आक्रमण स्थलबाट भागेका बच्चाहरु देखाउँछ। तस्विरमाको बिचमा नग्न नौ वर्षकी बालिका रुदैँ भाग्दै गरेको देखिन्छ।

आफ्नो पोस्ट डिलिट भएपछि एर्नाले आपत्ती जनाएकी थिइन। फेसबुकले यसरी तस्बिर सेन्सर गर्नु गलत भएको उनले शुक्रबार टिप्पणी गरेकी छिन्। यो पोस्टलाई फेसबुका कुनै प्रयोगकर्ताले फेसबुक कम्युनिटी स्याट्याण्डर टिमलाई रिपोर्ट गरेपछि मात्र फेसबुकले तस्विर हटाएको बताइएको छ।