२०७७ माघ ८, बिहीबार

प्राविधिक समितिको पुनर्संरचना प्रतिबेदन, ४ गाउँपालिका, ४ नगरपालिका

नामाकरण सकियो, केन्द्र र वडा विभाजनमा विवाद

 dsc00846 सुर्खेत, २६ भदौ ।
स्थानीय पुन संरचनाको नामाकंन र सिमांकन विभाजन एवम केन्द्र निर्धारण विषयमा सर्वदलिय वैठक शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । वैठकले स्थानीय निकायको पुर्नसंरचना अन्तर्गत सुर्खेत जिल्लामा चारवाट नगरपालिका र चारवटा गाउ पालिका गरी ८ वटा स्थानीय तह वनाउने प्रस्ताव ल्याएको छ ।
जिल्ला  विकास समितिले आयोजना गरेको सर्वदलिय वैठकले नामाकंन सिमाकंन सहित ८ वटा स्थानीय तह वनाउन प्रस्ताव गरेको हो ।
वीरेन्द्रंनगर नगरपालिका, भेरीगंगा नगरपलिका पञ्चपुरी नगरपालिका, र गुर्वाकोट नगरपालिका वनाउने सर्वदलिय वैठकले प्रस्ताव गरेका जिल््ला विकास समितिले बताएको छ ।
यस्तै गरि बहरा गाउँ पालिका चौकुने गाउँ पालिका, सिम्ता गाउँ पालिका, चिंगाड गाउँ पालिका वनाउने प्रस्ताव गरिएको जिविसले बताएको छ ।
प्रस्ताविक नगरपालिका तर्फ सवैभन्दा बढी जनसंख्या वीरेन्द्रनगर नगरपालिकाको १ लाख ८ हजार ६१ रहेको छ । भने सवैभन्दा कम पञ्चपुरी नगरपालिकाको ३३ हजार २९ रहेको जिविसका सामाजिक विकास अधिकृत टंक लामिछानेले वताएका छन । यस्तै भेरी गंगा नगरपालिकाको ५८ हजार ८ सय ८४ जनसंख्या रहेको छ भने गुर्वाकोटको ४३ हजार ७ सय ६५ जनसंख्या रहेको वताएका छन ।

भने प्रस्तावित गाउँ पालिका तर्फ सबैभन्दा बढि जनसंख्या बहरा गाउँ पालिकाको २५ हजार ९ सय ४३ रहेको छ । भने सबैभन्दा कम जनसंख्या चिगांड गाउँ पालिकामा २३ हजार ३ सय ४९ रहको लामिछानेको भनाई छ । कार्यक्रममा प्रमुख अतिथी राजकुमार श्रेष्ठको रहेको थियो भने जिल्ला विकास समितिको अधिकारी हिरालाल रेग्मी रहेका थिए ।

उक्त सर्वदलिय वैठकमा राप्रपा नेपलका सचिव लाल बहादुर नेपालीले यो निर्णय आफुहरुलाई मान्य नहुने बताएका थिए