२०७७ मंसिर १५, सोमबार

भविष्यमा शाखाअधिकृत बन्ने चाहानाछ

विधार्थी सँग एकछिन ……..
dsc00821
हरेक विद्यार्थीका आ— आफनै चाहाना हुन्छन । सबै विद्यार्थीहरुलाई एउटै किसिमको वातावरण मन पदैन । विद्यालयको वातावरण विद्यार्थीको मनोविज्ञान र अभिभावकको आफना सन्तानप्रति दर्शाउने अभिभावकत्व जस्ता विषयमा हामीले विद्यार्थीसँगै केही विद्यार्थी केन्द्रित प्रशनहरु तेस्याउँछौ ।

केही समय विद्यार्थीसँग बसेर आम विद्यार्थीको प्रतिनिभित्व गर्ने पात्रका बारेमा कुरा गर्ने गर्दछौ । हामीले यसपटक धेरै विद्यार्थीको प्रतिनीधि पात्रका रुपमा श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय कक्षा ९ मा अध्ययनरत छात्र ओकेन्द्रनाथ योगीलाई भेटाएका छौ । प्रस्तुत छ योगीसँग हाम्रो नयाँ नेपालकर्मी.नरजन तामाङ्घले गरेको कुराकानीको संक्षेप

 कस्तो चल्दैछ पढाई ?

रामै सँग चल्दै छ ।

 पढाई कस्तो भईदिएको भए हुन्थ्यो भन्ने लाग्छ ?
आज युग २१ ऋौ श्ताब्दी भएकोले पढाई मल्टिमियिाको माध्यमबाट पढाइ भई दिएको भए हुन्थ्यो जस्तो लाग्छ ।

 घरमा कतिको पढनु हुन्छ नि ?
घरमा म धेरै अध्ययन गर्छु ।

 अहिले श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालयको जुन वातारण छ यो वातारण पढाईको लागि कस्तो लाग्छ नि  ?

ठिकै छ आफनो विद्यालयको पढाई सबैलाई राम्रै लाग्छ ।

 कुन शिक्षकले पढाएको तपाईलाई राम्रो सँग बुझे जस्तो लाग्छ ?

सबै शिक्षक शिक्षिकाहरुले रामैसँग पढाउनु हुन्छ । अझै मलाई अंग्रेजीका शिक्षक सागर भट्टराईले पढाएको राम्रो बुझे जस्तो लाग्छ ।

 तपाई भविष्यमा के बन्न चाहानुहुन्छ ?

म पढेर भविष्यमा शाखा अधिकृत बन्ने चाहाना छ ।

 तपाईको कक्षामा कति जना विद्यार्थी हुनुहुन्छ तपाई धेरै जनाको बीचमा पढाएको बुझनु हुन्छ ?

मेरो कक्षामा ७२ जना हुनुहुन्छ । म पहिलो बेन्चमा बस्छु । ध्यान दिएर सुन्छु बुझिन्छ ।

 तपाई अगाडी बसेर पढिरहदा तपाईको सार्थीहरुले पछाडीबाट डिस्टर्ब गर्दा कस्तो लग्छ ?

सार्थीहरुले हल्ला गरेमा सारै दु.ख लाग्छ । हामी विद्यार्थी हु विद्यार्थीमा हुनु पर्ने अनुशासन हुनुपर्छ । अहिलेको पढने समय हो पछि समय फकिदैन ।

 तपाईलाई तपाईको विद्यालयका मन नपर्ने पक्षहरु के के हुन ?

मेरो विद्यालयको मन नपर्ने पक्ष शौचालयको व्यवस्था छैन । विद्यार्थीहरु अनुशासित छैन । यिनै हुन ।

 तपाईका विद्यालयको राम्रा पक्षहरु के – के हुन ?
सुविधायुक्त खानेपानी छ । प्रत्येक कक्षाकोठामा पानीको जारको व्यवस्था छ । खेल्नको लागि ठुलो खेल मैदान भएको र अहिले भवनहरु पनि निमार्ण हुदै छन ।