२०७७ मंसिर १३, शनिबार

तरुण दलको महाधिवेशन टुँगो लाग्यो, असोज ३, ४ र ५ गते पोखरामा हुने

nepal-tarun-dal-ko-newsकाठमाण्डौ, २७ भदौ । नेपाली काँग्रेसको भातृसंगठन नेपाल तरुण दलले असोज ३,४ र ५ गते कास्किको पोखरामा सम्पन्न गर्ने भएको छ । आईबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर आशन्न चौथो महाधिबेशन असोज ३, ४ र पाँच गते पोखरामा सम्पन्न गर्ने जनाएको छ ।

कायक्रममा बोल्दै अध्यक्ष उदय शम्शेर राणाले भने “विधिवत र नियमसंगत महाधिवेशनको पक्षमा उभिएका असुन्तुष्ट पक्ष र विवादित जिल्लाहरुको कारण तोकिएको मिती तलमाथि भएको छ, अव जसरी भएपनि तोकिएको समयमा महाधिबेशन हुन्छ, यसमा कसैले पनि शंका नगरौं ।’
पत्रकार सम्मेलनमा अर्का केन्द्रिय सदस्य नारायण प्रसाद भटराईले असन्तुष्ट पक्षको माँगहरू र बिधानको आधारमा महाधिबेशन गर्न गरेको मागलाई केन्द्रिय समिती र संगठनका अध्यक्ष राणा तयार भएको अवस्थामा महाधिबेशनको मिती असोजमा तोकिएको बताउदै भनें, “म सम्पूर्ण साथीहरूलाई महाधिबेशनमा भाग लिन आग्रह गर्दछु, ।”

हाम्रो तयारी दुर्त गतिमा अघि बढेको छ ।’ तरुण दलको महाधिबेशन पार्टिका सभापति शेर शहादर देउवाले उद्घान गर्ने संघले जनाएको छ ।