२०७७ माघ ११, आईतवार

ओच्छयान फरक भयो ? निन्द्रा लाग्दैन

sleep‘ओच्छयान फरक भयो, निन्द्रा लाग्दैन’ यो धेरै मानिसको मुखबाट सुनिने कुरा हो । तर किन लाग्दैन त ओच्छ्यान फेरिएको पहिलो रातमा निन्द्र भन्ने प्रश्नको जवाफका लागि बेलायतस्थित ब्राउन युर्निभसिटीका अनुसन्धानकर्ताले गरेको अध्ययन अनुसार नयाँ वातावरणमा जादाँ हाम्रो मस्तिकको आधा भाग सँधैभरी सतर्क अवस्थामा बस्ने गर्छ । त्यसले गर्दा हामीलाई निन्द्रा लाग्दैन ।

करेनट वायोलोजीमा नामक जर्नलमा प्रकाशित उक्त अध्ययन अनुसार कुनै पनि नयाँ ठाउँमा होस् वा नयाँ वातावरण पुग्दा हामी त्यहाँ सुत्न नसक्नुको प्रमुख कारण भनेको हाम्रो मस्तिष्क ले सुतेको अवस्थामा हामीलाई नयाँ माहोलबारे अदृश्य रुपमा जानकारी गराइरहेको हुन्छ । हामीलाई ब्युँझाइरहेको हुन्छ । जसको कारण ओछ्यान बद्लिएको पहिलो रात हामीलाई निद्रा लाग्दैन । अनुसन्धानका लागि सहभागी ३५ जना स्वस्थ मानिसलाई सहभागी गराई सो अनुसन्धानको थालनी गरिएको थियो । उनीहरुले हप्ता दिनको फरकमा ती मानिसहरुको पहिलो दुई रातको विस्तृत अध्ययन गरेका थिए ।

प्रायः सबै मानिसलाई नै पहिलो रातमा यस्तो समस्या किन हुन्छ त रु जान्नकै लागि अध्ययनबाट उनीहरुले दिमागको दायाँ भागको तुलनामा बायाँ भाग निरन्तर व्युझिरहने तथा सर्तक रहने पाएका थिए । त्यसैगरी, उक्त भाग नौलो ध्वनी प्रति संवेदनशील रहने हुदाँ नौलो ठाँउमा दिमागले सम्भावित खतराबारे जानकारी दिइरहने गरेको अनुसन्धानबाट पत्ता लागको थियो ।

निद्राको प्रारम्भिक अवस्था अध्ययन गर्ने सोही समुहले यो प्रक्रिया दिमागको वायाँ भागमा रातभर रहन्छ वा बीच बीचमा दायाँतर्फ पनि सर्छ भन्नेबारे भने यकिन अध्ययन गर्न बाँकी नै रहेको जनाएका थिए ।