२०७७ मंसिर १७, बुधबार

सुर्खेत जिल्लाको सिकाई उपलब्धी, एक वर्ष पढेर किन ५० प्रतिशत पनि उपब्धी हुदैन ?


studentसुर्खेत, भदौ २७ । 
सुर्खेतमा एक वर्षको सिकाई उपलब्धी ५० प्रतिशत पनि पुग्न सकेको छैन । सुर्खेत जिल्लाको सिकाई उपलब्धी २०७२ लाई आधार मान्ने हो भने जिल्लामा एक वर्षसम्म पढेर विद्यार्थीहरुले ५० प्रतिशत उपलब्धी पनि हासिल गर्न नसकेकाो पाइन्छ ।

जिल्ला शिक्षा कार्यालय सुर्खेतका अनुसार सुर्खेत जिल्लाको समग्र्र रुपमा सिकाई उपलब्धी ४६ प्रतिशत रहेको छ । जिल्लाको विषयगत औषत सिकाई उपलब्धी भने अझै कम देखिन्छ ।

जिल्ला शिक्षा कार्यालयका अनुसार विषयगत औषत सिकाई उपदब्धी दर जम्मा ४२.२८ प्रतिशत मात्रै रहेको छ । विषयतग सिकाई उपलब्धीलाई विश्लेषण गर्दा सबैभन्दा कम्जोर गणित विषयमा देखिएको छ । गणित विषयमा विषयगत औषत सिकाई उपलब्धी दर जम्मा ३९ प्रतिशत मात्रै रहेको छ । यस्तै सबै भन्दा बढी नेपाली विषयमा ४९.५३ प्रतिशत उपलब्धी देखिएको छ ।

जिल्ला शिक्षा कार्यालय सुर्खेतका अनुसार तहगत रुपमा हेर्दा सबै भन्दा कम उपलब्धी माध्यामिक तहमा नै हुने गरेको छ । माध्यामिक तहमा ३५।७७ प्रतिशत मात्रै उपब्धी देखिन्छ । यस्तै सबै भन्दा बढी प्राथमिक तहमा ५०.८ प्रतिशत उपलब्धी देखिएको छ ।  नेपाली विषयलाई विभिन्न तहअनुसार हेर्दा प्राथमिक तहमा ५२.२६ प्रतिशत, निमाविमा ४४.०२ र माध्यामिक तहमा ४१.२९ प्रतिशत उपलब्धी हेको छ ।

यस्तै सबैभन्दा कम उपलब्धी रहेको गणित विषयको प्राथमिक तहमा ४९.१० निमाविमा ३८.५ र मध्यामिक तहमा २९.४० प्रतिशत उपलब्धी भएको देखिन्छ । यस्तै अंग्रेजि विषयमा प्राथमिक तहमा ४९.५१, निमावीमा ४२.३२ र माविमा ३४.१० प्रतिशत गरी औषतमा ४१.९७ प्रतिशत मात्रै रहेको छ ।

यस्तै सामाजिक विषयमा प्राथमिक तहमा ५१.६३, निमावि तहमा ४६.४७ र मावि तहमा ४५.३५ प्रतिशत गरी औषतमा ४५.३५ प्रतिशत उपलब्धी रहेको छ । विज्ञान तथा वातावरण विषयमा प्राथमिक तहमा ५१.५, निमावि तहमा ४४.८० र मावि तहमा ३६.४ प्रतिशत गरी औषतमा ४४.१३ प्रतिशत उपलब्धी देखिएको छ ।

सुर्खेतमा कक्षा उत्तीर्ण दर पनि कमै देखिएको छ । निम्न माध्यामिक तहमा उत्तीर्ण द। ६९ प्रतिशत देखिएपनि माध्यामिक तहमा भने निकै कम २४ प्रतिशत मात्रै छ । जसले गर्दा कक्षा दोहो¥याउनेहरुको संख्या धेरै रहेको र सिकाई कम भएको पनि अनुमान गर्न सकिन्छ । सुर्खेतमा कक्षा दोहो¥याउनेको दर पनि धेरै नै छ । प्राथमिक तहमा २० प्रतिशत, निमावि तहमा १० र माध्यामिक तहमा सबैभन्दा बढी २५ प्रतिशत रहेको जिल्ला शिक्षा कार्यालय सुर्खेतले जनाएको छ ।