२०७७ माघ ४, आईतवार

खोलाले छेक्यो विद्यार्थीहरुको पढाई

studentभदौ २८ जाजरकोट । यहाँको डाडागाउँ गाविस वडा नं ८ मा स्थित साना वन र करुवा जोड्ने चिलिखोलेसा खोलामा पुल नहुँदा सास्ती भएको छ ।

करुर्णोदय प्राथमिक विद्यालय करुवामा पढ्ने विद्यार्थीहरु चिलिखोलेसा खोलाकै कारण पढाई वाट वन्चित हुँनु परेको कक्षा ५ मा अध्यायनरत गौरी रानाले वताउनुभयो । हिउँदयाममा खोला सानो भएपछि मात्र विद्यालयमा जाँने यहाँका विद्यार्थीहरु वर्षायाम लाग्न वितिकै पढाई वन्द हुँने गरेको गौरीको भनाई छ ।

जंगलको वाटो विद्यार्थीहरु ठुलो खोला तर्नुपर्दा निकै चुनौति पुर्ण रहेको विद्यार्थीहरुको भनाई छ । खोलामा सामान्य काठेपुल भएमा मात्र पढाई लाई निरन्तरता दिन निकै सहयोग पुग्ने विद्यार्थीहरुको भनाई छ ।

कक्षा १ देखी ३ सम्म स्थानीय लालीगुरास प्राविमा पढाई हुन्छ भने कक्षा ४ र ५ मा पढ्नलाई यो खोला तरेर करिव डेढ घण्टा हिड्नु पर्ने वाध्यता रहेको रत्नकली राणाले वताउनुभयो । डेढ घण्टा हिड्नु पर्ने त्यसमा पनि खोलाको त्रासका कारण पढाई भन्दा ज्यान जोगाउन ठुलो चुनौति भएको राणाले वताउनुभयो ।

यो खोला तरेर ८३ जना विद्यार्थीहरु सो विद्यालयमा पढ्न जाँने गर्दछन् । सरोकारवाला ले समयमा पुल निर्माण गरेको भए वालवालिकाको पढाईमा वाध्य नपुग्ने देखिन्छ । खोलाका कारण पढाई प्रभावित भएपछि विद्यार्थीहरु निकै कम्जोर भएको प्रधानाध्यापक सधिराम खत्रीले वताउनुभयो ।