२०७७ मंसिर १०, बुधबार

मेडिकल केलेजका लागि जग्गा खोज्न प्राविधिक समिति बनाइने

सुर्खेत, – सुर्खेतमा प्रदेश स्तरको मेडिकल कलेज स्थापनाका लागि जग्गाको खोजी गर्न प्राविधिक समिति बनाइने भएको छ । मेडिकलकेलेज स्थापना गर्नका लागि सम्भाव्यताको प्रतिवेदन सहित भौतिक पूर्वाधारका आधारहरु पेस गर्ने जिम्मा पाएको प्रारम्भीक समितिले जग्गाको खोजी गर्न छुट्टै प्राविधिक समिति बनाउन लागेको हो ।

पहिलो चरणमा स्थानीय सरकोकारवालाहरुसंग जग्गाका लागि छलफल चलाइसकेको र छलफलमा प्रस्ताव भएका जग्गाहरुको अध्ययन गर्न अब प्राविधिक समिति पनि निर्माण गरिने समितिका संयोजक जितबहादुर रानाले बताए ।

संयोजक रानाले अहिलेसम्म जग्गाका विषयमा र मेडिकल केलेज निर्माणलाई कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको भन्दै अब जग्गाको पनि टुङगो लगाएर प्रतिवेदन पेस गरिने बताए । जग्गाको अध्ययन गर्न बनेको प्राविधिक समितिले सम्भावित जग्गाहरुको अध्ययन गरेर सामान्य प्रतिवेदन बुझाएपछि त्यसकै आधारमा बढी सम्भावना हुने जग्गालाई नै प्रतिवेदन मार्फत सिफारिस गरिने संयोजक रानाले बताए ।

‘‘हामीले यस अघि छलफल गरिसकेका छौ,’ उनले भने–‘जग्गाका लागि अध्ययन गर्न अब एउटा प्राविधिक समिति गठन हुन्छ, त्यसले अध्ययन गरेर प्रतिवेदन बुझाएपछि त्यसकै आधारमा हामीले सिफारिस गर्छाै ।’’  प्राविधिक समिति गठन गर्नका लागि समितिको बैठक आज (मंगलबार) बस्दै छ । यसै बैठकबाट प्राविधिक समिति गठन गरी काम सुरु गरिने संयोजक रानाले जानकारी दिए ।

शिक्षा मन्त्रालयले जग्गा तथा अन्य पूर्वाधारको खोजी गरी काम सुरु भएको दुई महिना भित्र प्रतिवेदन बुझाउन परिपत्र गरेको थियो । समितिले त्यसै अनुसार काम गरेको छ । अहिले छलफल चलाइएपनि उपयुक्त जग्गाको पहिचान भने प्राविधिक समितिको अध्ययन पछि मात्रै हनेछ ।

मेडिकल कलेज निर्माणका लागि कम्तिमा पनि १० बिघा जग्गा आवश्यक पर्ने देखिएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०७३÷०७४ को बजेटमा सुर्खेतमा प्रदेशस्तरीय मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेको थियो । त्यतिवेला नै शिक्षा मन्त्री गिरिराजमणि पोख्रेलले सुर्खेतमा पनि समिति गठन गरी काम सुरु गर्न परिपत्र गरेका हुन् ।

समितिको सदस्य सचिवमा जिल्ला शिक्षा अधिकारी दीपा हमाल, सदस्यमा वीरेन्द्रनगर नगरपालिकाका कार्यकारी अधिकृत बालाराम शर्मा र अधिवक्ता कृष्णबहादुर हमाल रहेकिाछन् ।