२०७७ मंसिर ११, बिहीबार

बाढीले खेत, घट्ट र तटबन्ध बगाएपछि लाखैको क्षेति

images
फाईल : तस्विर

जाजरकोट २८ भाद्र । सोमबार राती परेको अबिरल वर्षाका कारण आएको बाढीले डाँडागाउँ—९ बाँस्कोटीको रहमा खेत घट्ट र तटबन्ध बगाएको छ ।

अबिरल वर्षापछि आएको बाढीले डाँडागाउँ—९ कट्के,रागछहरा र बाँस्कोटी किसानहरु ईन्द्र वली,भीम बहादुर बिश्वकर्मा,मणिराम पुन,कृष्ण थापा र डम्बर थापाको झण्डैं ३५ लाख बराबरको १५ रोपनी खेत बाढीले बगाएको हो । भने उक्त गाउँ निवासी गोब्लो कामी र प्रताप घर्तीको दुईवटा घट्ट पनि बाढीले बगाएको छ ।

त्यस्तै कृष्ण थापा र डम्बर थापाले ८० हजार बराबरको आफ्नै ब्यक्तिगत लगानीमा निर्माण गरिएको तटवन्ध बाढीले भत्काएको स्थानीय बासी ललित बहादुर रानाले जानकारी दिनुभयो ।

यस अघि पनि असार २८ र २९ गते आएको बाढीले पनि सोहि ठाउँ नजिकै दुईवटा घट्ट र खेत बगाएको थियो । धान पाक्ने वेलामा वाढीले वगाएपछि किानहरु मर्कामा परेका छन् ।