२०७७ मंसिर १४, आईतवार

सन्दर्भः बाल दिवस, बाल अधिकार, हाम्रो कर्तव्य र जिम्मेवारी

suvexa-kandel-2‘अब त तरुनी  भइ  राम्रो  इष्ट  आएपछि  विवाह ग रिदिनुपर्छ  अझ  खाना  पकाउने  ढङ छैन् यसले त दुःख  पाउछेकी  क्या  हो ?  कस्तो परिवारको   नाक काट्ने  पो हो की ढङ नभएकी भनेर जस्ता कुरा सुन्नु पथ्र्यौ । मेरा साथीहरु घाँस दाउरा चुल्हो चौको गर्थे, असल  कामदारी छोरीको रुपमा कुर्थासरुवाल र फर्कमा सजिएर, तर म हाप पाइन्टमा हिड्ने गर्थे ।   केटाले जस्तो कपाल काटेर हिड्ने गर्थे । त्यो देखेर मेरो हजुरबुवाको मन कुडिएको हुन्थ्यौँ । तर मैले उहाँको रिसाईलाई व्यवास्था गर्थे ।

बिहान १० बजिसकेको थियो । अफिस जाने क्रममा आफन्तको घरमा एकछिन पसेको, दुईचार वटा कुरा गर्दागर्दै समय गएको पत्तै भएनछ । आज अफिसका लागि आधा घण्टा ढिला भइसकेको थियो । म भन्दा अगाडि एक जना युवक जो भर्खर मात्र बाल्यकालबाट युवक अवस्थामा प्रवेश गर्ने क्रममा रहेका जस्ता देखिन्थे, मेरो टेबलको अगाडिको कुर्चिमा हातमा चिठ्ठी बोकेर बसेका थिए ।

कुरा गर्दा थाहा भयो उनी बाल दिवस २०७३ को अवसरमा आयोजना गर्न थालेको कार्यक्रममा अतिथिको रुपमा निमन्त्रणा चिठ्ठी लिएर आएका रहेछन् । चिठी दिएर फर्किदा पटक पटक उनी भन्दै थिए ‘मेडम कार्यक्रमा पिलिज आइदिनु होला ।’

त्यो अनुरोध म व्यक्तिलाई भन्दा पनि मेरो संस्थालाई थियो भन्ने आभास मलाई भयो । किन भने म बालअधिकारको क्षेत्रमा कार्यरत एक अग्रणी संस्थामा काम गर्ने कर्मचारी थिए । हुन त मेरो संस्थाको इतिहास हेर्दा नेपालमा बाल अधिकारको क्षेत्रमा कार्यरत अग्रज संस्था भएता पनि म भने बालअधिकारको क्षेत्रमा भर्खर मात्र बामे सरेको एक अभियान्ता हुँ ।

आज यस चिठीले जानिनजानि केही कुरा बाल अधिकारको विषयमा केही कुरा लेख्न मन लाग्यो । पछाडी फर्केर आफ्नो बाल्यकाल निहाल्दा, दुरभाग्य बाल्यकालका रमणीय र स्मरणिय भोगाई तथा अनुभव कमै थिए । किन की आफू जेठो सन्तान उसै माथि पनि छोरी आफु मुनिका अन्य भाइबहिनिको जन्म पछाडी त म ठूली भइसकेको थिए, परिवार र सामाजको लागि । खेल्न थाल्यो भने कसैले ‘ए नानि तँ त खेल्न सुहाउदैन्, आफु भन्दा साना भाइबहिनिसंग उनीहरुलाई खेल्न दिइ ।’

हास्न र रमाउन खोज्यो ‘नानि त्यसरी आवाज निकारेर दाँत देखाएर नहाँस । छोरी मान्छे भएर दाँत देखाएर हास्नु हुँदैन्, मान्छेको अगाडी नबस, छोरी मान्छे भएपछि आँ गरे अलङकार बुझ्नुपर्छ । ठूला मान्छेका कुरा सुन्नु हुँदैन्’ आदि इत्यादी ।

हास्न र रमाउन खोज्यो ‘नानि त्यसरी आवाज निकारेर दाँत देखाएर नहाँस । छोरी मान्छे भएर दाँत देखाएर हास्नु हुँदैन्, मान्छेको अगाडी नबस, छोरी मान्छे भएपछि आँ गरे अलङकार बुझ्नुपर्छ । ठूला मान्छेका कुरा सुन्नु हुँदैन्’ आदि इत्यादी । उही ठूली भइस भनेर खेलाउना खोस्ने आमाको काख र दुध छुटाउने परिवार समाज उही सानि भनेर ठूला मान्छेहरुले कुरा गरेको सुन्दा हप्काएर पठाउने केही वर्ष अन्तरालमा महिनावारी भए पछि ठुली तरुनी देख्थे ।

‘अब त तरुनी भइ राम्रो इष्ट आएपछि विवाह गरिदिनुपर्छ अझ खाना पकाउने ढङ छैन् यसले त दुःख पाउछेकी क्या हो ? कस्तो परिवारको नाक काट्ने पो हो की ढङ नभएकी भनेर जस्ता कुरा सुन्नु पथ्र्यौ । कता कता विद्रोह मौन रुपमा नै थाहा नपाएर नै जन्मिएको थियो होला साहेद । मौन रुपमै म आफ्नो अध्ययन अध्यापन र क्रियाकलापमा निरन्तर लागि रहन्थे । मेरा साथीहरु घाँस दाउरा चुल्हो चौको गर्थे, असल कामदारी छोरीको रुपमा कुर्थासरुवाल र फर्कमा सजिएर, तर म हाप पाइन्टमा हिड्ने गर्थे । केटाले जस्तो कपाल काटेर हिड्ने गर्थे । त्यो देखेर मेरो हजुरबुवाको मन कुडिएको हुन्थ्यौँ । तर मैले उहाँको रिसाईलाई व्यवास्था गर्थे ।

मेरो बाल्यकामा म आफ्नो अधिकारको बारेमा अज्ञान अनविज्ञ थिए । अहिलेको सन्दर्भमा बाल अधिकारको क्षेत्रमा नयाँ आयाम थपिएको छ । नेपालको संविधान २०७३ ले बाल अधिकारलाई छुट्टै पूर्ण अधिकारको रुपमा व्यवस्था गरेको छ । विद्यालय स्तरिय पाठ्यक्रममा पनि बालअधिकारको विषयलाई समेटिएको पाइन्छ । अहिले बालअधिकारको क्षेत्रमा थुपै्र सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले ल्याएको अभियानकै फल स्वरुप संविधानमा बालअधिकारको सम्पूर्ण क्षेत्रलाई समेटेको पाइन्छ ।

मेरो बाल्यकामा म आफ्नो अधिकारको बारेमा अज्ञान अनविज्ञ थिए । अहिलेको सन्दर्भमा बाल अधिकारको क्षेत्रमा नयाँ आयाम थपिएको छ । नेपालको संविधान २०७३ ले बाल अधिकारलाई छुट्टै पूर्ण अधिकारको रुपमा व्यवस्था गरेको छ ।

विद्यालय शान्ति क्षेत्र घोषणा, बाल मैत्री स्थानीय शासन जस्ता अवधारणले बालअधिकारको क्षेत्रमा लक्ष्य प्राप्तिका लागि सबैलाई जिम्मेवारी र जबाफदेखि बनाउन मदत गरेको छ । बालबालिकाहरु पनि आफ्नो हक अधिकार प्राप्तिका लागि आफ्नो समुदायमा विभिन्न अभियान जस्तैः बाल क्लबहरु गठन, क्लबहरुमा आवद्धता, बालबालिकाको अर्थपूर्ण सहभागिताको खोजी, गाविस र नगरपालिकाद्धारा विनियोजित बजेटमा आफ्नो अधिकार मागलगायत अन्य क्रियाकलापमा पनि उनीहरुको सक्रिय सभागिता रहेको पाइन्छ ।

यी अभियानहरुले अहिलेका बालबालिकामा आफ्ना अधिकार कर्तव्य र दायित्वको बुझाई भएको पाईन्छ ।  अन्र्तािष्ट्रय कानुन बमोजिक १८ वर्षमुनिका लाई बालबालिका भनिएको छ । तर बालबालिका सम्बन्धि ऐन २०४८ ले गरेको व्यवस्था अनुरुप नेपालमा १६ वर्ष उमेर नपुगेलाई बालबालिका मानिएको छ ।

बालअधिकार भनेको के हो ?

बाल अधिकार भनेको बालबालिकाको बालबालिकाको बाच्न पाउने, विकास गर्न पाउने, संरक्षण पाउने, आफ्नो बारेमा गरिने नीति निर्णय र सामाजिक गतिविधिहरुमा सक्रिय अर्थपूर्ण सहभागिता हुन पाउने आफ्नो विचार व्यक्त गर्न पाउने अधिकारहरुको समिश्रण हो ।

बाल अधिकार भनेको बालबालिकाको बालबालिकाको बाच्न पाउने, विकास गर्न पाउने, संरक्षण पाउने, आफ्नो बारेमा गरिने नीति निर्णय र सामाजिक गतिविधिहरुमा सक्रिय अर्थपूर्ण सहभागिता हुन पाउने आफ्नो विचार व्यक्त गर्न पाउने अधिकारहरुको समिश्रण हो ।

बाल अधिकार महासन्धी :

बाल अधिकार सम्बन्धि महासन्धि सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघको महासभाबाट बालबालिकाको अधिकारका निम्ति पारित राज्य राज्यहरुबिचको एक साझा सम्झौता पत्र हो । बाल अधिकार आर्दश र घोषणा पत्रमा मात्र सिमित नराखेर यसलाई बालविकासको व्यवहारिक स्वरुप दिन यस महासंधिको प्रतिवादन गरिएको हो । नेपालले १९९० सेप्टेम्बर १४ मा अनुमदन गरिसकेको छ । आजको परिर्वतित समय संगसंगै बाल अधिकारलाई देशको मुल कानुन संविधानमै पनि समेटिएको छ ।

नेपालको संविधान २०७३ भाग ३ मौलिक हक र कर्तव्यको धारा ३९ मा बालबालिकाको हकको बारेमा उल्लेख गरिए अनुसार :

१) प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहित नामाकरण जन्म दर्ताको हक हुने छ ।

२) प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट स्वास्थ्य शिक्षा पालनपोषण उचित स्यारसुसार खेलकुद मनोरञ्जन तथा सर्वागिण व्यक्तित्व विकासको हक हुने छ ।

३) प्रत्येक बालबालिकालाई प्रारम्भिक बाल विकास तथा सहभागिताको हक हुनेछ ।

४) कुनै पनि बालबालिकालाई प्रारम्भिक बाल विकास तथा बाल सहभागिताको हक हुनेछ ।

५) कुनै पनि बालबालिकालाई बाल विवाह गैर कानुनी ओसारपसरा र अपहरण गर्न वा बन्धक राख्न पाइने छैन् ।

६) कुनै पनि बालबालिकालाई सेना प्रहरी वा सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न सांस्कृति वा धार्मिक प्रचलनका नाममा कुनै पनि माध्यम वा प्रकारले दुव्र्यहार, उपेक्षा वा शारीरिक, मानसिक यौनजन्य वा अन्य कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न पाइने छैन् ।

७) शारिरीक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन् ।

८) बाल अनुकुल न्यायको हक हुनेछ ।

९) जोखिमा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण तथा सुविधा हुनेछ ।

उपधारा १० मा कानुन विपरित बालबालिकालाई कलकारखाना, खानी, अन्य जोखिमपूर्ण काममा लगाउने बालबाल विवाह गैरकाुननी असोरपसार र अपहरण गर्न वा बन्धक राख्न सेना प्रहरी सशस्त्र समुहमा भर्ना वा प्रयोग गर्न सांस्कृतिक धार्मिक प्रचलनका नाममा कुनै पनि दुव्यवहार उपेक्षा, शारिरीक मानसिक यौनजन्य वा कुनै प्रकारका शोषण यातना दिइएको पाइएमा काुनन बमोजिक दण्डनिय, सजाय वा क्षतिपूर्ति हुनेछ ।

अधिकार र दायित्व
अधिकार नभइ नहुने र प्राप्त गर्नुपर्ने कुरा भएता पनि अर्को पाटोमा दायित्व र कर्तव्य पनि उत्तिकै महत्वपूर्ण कुरा हो ।

१) बालबालिकाले आफ्नो बिचार भावना भन्न पाउनु र उनीहरुको कुराको सुनुवाई हुनु अधिकार हो भन्ने अरुको कुरा ध्यान दिएर सुन्नु अरुको विचार बुझ्नु जथाभावि नबोल्नु जिम्मेवारी हो । बालबालिकाका मनका कुरा र भावनालाई बुझिदिनु अरु सबैको दायित्व हो ।

२) गुणस्तरिय जीवन उपयोगी शिक्षा पाउनु अधिकार हो, ध्यान दिएर जतनका साथ पढ्नु जिम्मेवारी बालबालिकालाई उपयुक्त वातावरण निर्माण गरि उपयुक्त पठनपाठन मिलाउनु हामी सबैकोे सन्दर्भ हो ।

३) खोप पाउनु, विरामी हुँदा औषधि उपचार, रोग लाग्नबाट बच्ने उपाय थाहा पाउनु अधिकार स्वास्थ्य सरसफाईमा ध्यान दिनु हाम्रो जिम्मेवारी ।

बालबालिकालाई चाहिने खोप स्वास्थ्य सेवा दिनु सबैको दायित्व ।

४) छोराछोरी सबैले समान रुपमा अभिभावकबाट हेर विचार र माया पाउनु अधिकार सानालाई माया गर्नु ठूलालाई आदर गर्नु हाम्रो जिम्मेवारी हो ।

‘बालबालिकाहरुलाई उचित हेरविचार र माया गर्नु अरु सबैको दायित्व’

५) दुव्र्यवहार र हेलाबाट जोखिनु पाउनु बाल अधिकार हो भने मननपर्ने व्यवहार नगर्नु हाम्रो जिम्मेवारी
बालबालिकालाई हेला, हेपाई, दुव्र्यवहार नगर्नु सबैको दायित्व हो ।

६) शारीरिक,मानसिक तथा अन्य अपाङ्गता भएका बालबालिकाले विशेष सुविधा सहयोग र संरक्षण पाउनु अधिकार हो भने उनीहरुलाई सहयोग गर्नु उपलब्ध सेवा सुविधाको सदुपयोग गर्नु हाम्रो जिम्मेवारी, त्यस्ता बालबालिकालाई विशेष व्यवस्था गरिदिनु सबैको दायित्व ।

७) स्वच्छ वातावरण पोषणयुक्त खाना अतिरिक्त क्रियाकलापमा सहभागिता मनोरञ्जन गर्न पाउने बालबालिकाको अधिकार हो भने वातावरण जोगाउनु, नियमित खानेकुरा बाँडिचुँडि खानु मिलेर सुरक्षित स्थानमा खेल्नु हाम्रो जिम्मेवारी ।

बालबालिका रहने ठाउँ सफासुग्घर राख्नु, पोषणयुक्त खाना प्रदान गर्नु मनोरञ्जन र अतिरिक्त क्रियाकलापमा सहभागी गराउनु हामी सबैको दायित्व हो ।

८) बालबालिकाको जीवनमा असर गर्ने कुराको निर्णय गर्दा सहभागि हुन पाउने अधिकार हो । बिचार पु¥याएर निर्णय गर्न सघाउनु हाम्रो जिम्मेवारी हो । निर्णय प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागीता र उनीहरुको विचारको कदर गर्नु हामी सबैको दायित्व हो ।

९) श्रम शोषणबाट जोखिन पाउनु अधिकार हो भने आफ्नो विकासमा असर नपर्ने गरी घरपरिवारको काममा सुघाउनु र सिक्नु जिम्मेवारी बालबालिकाको श्रमशोषण नगर्नु विकासमा असर गर्ने गर काममा नलगाउनु सबैको दायित्व हो ।

१०) नयाँ कुरा सिक्न जान्न हेर्न पाउनु अधिकार हो, सिकेका कुरा अरुलाई सिकाउनु र नजानेका कुरा जान्नु जिम्मेवारी  नयाँ कुरा सिकाउनु र देखाउनु सबैको दायित्व ।

११) लिङ्ग , जात, धर्म, धनी, गरेको आधारमा भेदभाव हुनबाट जोगिन पाउनु अधिकार हो, समान व्यवहार गर्नु जिम्मेवारी र दायित्व हो ।

१२ ) परिवारको माया, स्नेह र असल व्यवहार पाउनु अधिकार हो ।  राम्रो व्यवहार गर्नु मिलेर बस्नु जिम्मेवारी हो ।

१३) कठोर सजाय, यातना तथा कानुनी कार्वाही हुनबाट जोगिन पाउनु, गल्ती सुधार गर्ने मौका पाउनु अधिकार हो । नराम्रो गतिविधिमा नलाग्नु कानुनको पालना गर्नु र असल नागरिक बन्नु जिम्मेवारी कानुनी कार्वाही गर्दा बाल न्याय प्रणाली अपनाउनु सबैको दायित्व हो ।

१४) सुरक्षा र संरक्षण पाउन अधिकार हो भने आफ्नो हितको बारेमा सचेत रहनु, दुर्वेसनिमा नलाग्नु जिम्मेवारी हो । बालबालिकाको सुरक्षा र संरक्षण गर्नु सबैको दायित्व हो ।

१५) सुचना र जानकारी पाउनु हाम्रो अधिकार हो । बालबालिकालाई नराम्रो असर पर्ने सुचना तथा जानकारीबाट टाढा रहनु जिम्मेवारी सुचना र जानकारी बाल उपयोगी बनाउनु हामी सबैको दायित्व हो ।

राजनीतिक स्वार्थ, सशस्त्र द्वन्द्व, हिंसा लडाइमा प्रयोग हुनबाट जोखिन पाउनु अधिकार हो भने त्यस्ता गतिविधिबाट टाढा रहनु हाम्रो जिम्मेवारी हो । ‘बालबालिका शान्ति क्षेत्र हुन भन्ने मान्यताको पालना गर्नु हामी सबैको दायित्व हो ।’ बालविवाह, यौनशोषण, परम्परागत कुरिति र अन्धविश्वासबाट बच्न पाउने अधिकार हो भने बचाउँनु हाम्रो जिम्मेवारी र दायित्व हो ।

बाल दिवसलाई बालबालिकाकै सक्रिय सहभागितामा मनाऔँ । उनीहरुको सृजनात्मक क्षमता अभिवृद्धि, हक अधिकारको संरक्षणसंगै, बालबालिकालाई प्रत्याभुति गराउने खालका गतिविधि गरेर उनीहरुको भवना, चाहाना र ईच्छालाई मध्यनजर गर्दै समृद्ध समाज निर्माणमा दायित्व र जिम्मेवारी बोध गराऔँ ।

सन्र्दभ सामग्रीः नेपालको संविधान २०७३
(लेखक बाल मजदुर सरोकार केन्द्र (सिविन) नेपाल सुर्खेतकी जिल्ला बाल संरक्षण अधिकृत हुन ।)