२०७७ मंसिर ११, बिहीबार

भविष्यमा पढेर सि.ए बन्ने इच्छा छ : रिजाल

dsc00851विधार्थी सँग एकछिन ……..
हरेक विद्यार्थीका आ— आफनै चाहाना हुन्छन । सबै विद्यार्थीहरुलाई एउटै किसिमको वातावरण मन पदैन । विद्यालयको वातावरण विद्यार्थीको मनोविज्ञान र अभिभावकको आफना सन्तानप्रति दर्शाउने अभिभावकत्व जस्ता विषयमा हामीले विद्यार्थीसँगै केही विद्यार्थी केन्द्रित प्रशनहरु तेस्याउँछौ ।

केही समय विद्यार्थीसँग बसेर आम विद्यार्थीको प्रतिनिभित्व गर्ने पात्रका बारेमा कुरा गर्ने गर्दछौ । हामीले यसपटक धेरै विद्यार्थीको प्रतिनीधि पात्रका रुपमा उषा बालबाटिक उच्च माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत छात्रा भगवती रिजाललाई भेटाएका छौ ।

प्रस्तुत छ रिजालसँग ईनयाँनेपाल कर्मी नरजन तामाङ्ले गरेको कुराकानीको संक्षेप :

 कस्तो चल्दैछ पढाई ?

ठिकै चलिराखेको छ ।

 पढाई कस्तो भईदिएको भए हुन्थ्यो भन्ने लाग्छ ?

पढाई सैदान्तिक भन्दा अभ्यास बढि भई दिएको भए हुन्थ्यो ।

 घरमा कतिको पढनु हुन्छ नि ?

ठिकै पढिन्छ परिक्षा आएको बेला अलि बढि पढछु ।

 अहिले उषा बालबाटिक उच्च माध्यामिक विद्यालयको जुन वातारण छ यो वातारण पढाईको लागि कस्तो लाग्छ नि ?

ठिकै छ आफनो विद्यालयको पढाई सबैलाई राम्रै लाग्छ ।

 कुन शिक्षकले पढाएको तपाईलाई राम्रो सँग बुझे जस्तो लाग्छ ?

सबै शिक्षक शिक्षिकाहरुले रामैसँग पढाउनु हुन्छ मलाई सामाजिक विषयका शिक्षक किरण बस्नेतले पढाएको राम्रो बुझिन्थ्यो अहिले उहाँले पढाउनु हुदैन ।

 तपाई भविष्यमा के बन्न चाहानुहुन्छ ?

म पढेर भविष्यमा पढेर सि. ए बन्ने इच्छा छ ।

 तपाईको कक्षामा कति जना विद्यार्थी हुनुहुन्छ तपाई धेरै जनाको बीचमा पढाएको बुझनु हुन्छ ?

मेरो कक्षामा ९८ जना विद्यार्थीहरु छन । मेरो सेक्सनमा ३३ जना छन । ध्यान दिएर सुनेपछि बुझिन्छ ।

 तपाई अगाडी बसेर पढिरहदा तपाईको सार्थीहरुले पछाडीबाट डिस्टर्ब गर्दा कस्तो लग्छ ?

पढिरहेको बेला हल्ला गरेमा मलाई सारै रिस उठछ । हल्ला नगर्ने सुझाव दिन्छु ।

 तपाईलाई तपाईको विद्यालयका मन नपर्ने पक्षहरु के के हुन ?

विद्यालयमा कुनै पनि क्रियाकलाप हुनु भन्दा पहिले जानकारी हुदैन ।

 तपाईका विद्यालयको राम्रा पक्षहरु के-के हुन ?

सुविधायुक्त खानेपानी छ । शौचालयहरु धेरै छन । शिक्षकहरु राम्रा छन । सुर्खेतको उत्कृष्ठ विद्यालय पनि हो कुनै तालिमहरुमा भाग लिने अवसर दिनुहुन्छ । पत्रकारिता सम्बन्धि तालिम पनि दिने कुरा छ । विद्यार्थीहरुले आफै आत्मा निर्भर होस भन्ने चाहाना भएको विद्यालय हो ।