एक वर्षदेखि तलब नपाउदा शिक्षक मर्कामा
हुम्ला भदौ २९ । हुम्लामा एक वर्षदेखि तलब नपाउदा शिक्षकहरु मर्कोमा परेका छन । रोडिकोट गाविस अन्तगर्त २ सय ८७ घर धुरी भएको राहदेव गाउँमा रहेको अशुवर्मा निम्नमाध्यमिक विद्यालयका शिक्षकहरुले एक वर्षदेखि तलब पाएका छैन ।
विद्यालयमा राहत शिक्षकका रुपमा रहेका तिन जना शिक्षकहरुले तलब नपाएको गुनासो गरेका छन । विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यपकको अनउपस्थित रहेको विद्यालयमा जम्मा विद्यार्थीहरुको संख्या करिब २ सय को हाराहारी रहेको छ । सोही विद्यालयमा शिक्षकहरु ९ जना हुदा पनि विद्यार्थीहरुले सास्ती खेप्नु परेको राहत दरबन्दीका शिक्षक रुप बहादुर रोकायाको भनाई रहेको छ ।
विद्यालयका प्राधानाध्यापक रहेका राज बहादुर ऐडी महिना एक दिन मात्र हाजिर हुने गरेका छन । व्यवस्थापन समितिको अनुपस्थिती रहेको विद्यालयमा विद्यार्थीहरुको पढाइमा कठिन भएको अभिभावक धनविर रोकायाले बताएका छन ।