२०७७ माघ ९, शुक्रबार

अस्थायी रुट रमिट पछि यातायात व्यावसायी सुधिए

 जाजरकोट – यहाँका ग्रामिण सडकमा सञ्चालन हुँने यातायात व्यावसायी सुधिएका छन् । जिल्ला प्रशाषण कार्यालयले अस्थायी रुट प्रमिट प्रदान गरेर यातायात सञ्चालन भएपछि व्यावसायीहरु सुधिएका हुँन् ।
23012016123646syndicate-1000x0

अस्थायी रुट प्रमिट नलिएर यातायात सञ्चालन गर्दा मनलाग्दो रकम र जोखिम पुर्ण यात्रा गराउदै आएका यातायात व्यावसायीहरु अहिले सुधिएको देख्दा यात्रुहरु निकै खुस भएका छन् । भाडादर पनि घटाएको छ ।

जिल्लाका छेडा मोर्क, खलंगा रिम्ना , छेपारे सिमवजार चल्ने यातायातका साधनहरुमा अहिले भाडा दर संगै आरामदायी यात्रा गर्न पाएको यात्रुहरु वताउँछन् ।

प्रहरीले भाडा कत्ति लिएको छ भनी टिकट काउन्टर तथा यात्रुहरुलाई सोध्ने ,विच विचमा सोध्ने कार्य गर्दा यातायात व्यावसायीहरु सुधिएका हुँन ।