२०७७ माघ ३, शनिबार

बाल दिवसमा बेसहारा बालबालिकालाई सहयोग

14364685_299260627110306_8922841367120830940_n-1सुर्खेत राष्ट्रिय बाल दिवसको अवसरमा एम्नेस्टी इन्टरनेसनल नेपाल, काँक्रेविहार युथ नेटवर्क, सुर्खेतले नवजीवन बाल संरक्षण केन्द्र, सुर्खेतलाई सहयोग स्वरुप स्टेशनरी सामाग्री हस्तान्तरण गरेको छ ।

मध्यपश्चिमका विभिन्न जिल्लाका करिब ४८ जना बेसहारा बालबालिकालाई संरक्षण दिदै आएको नवजीवन बाल संरक्षण केन्द्रका बालबालिकालाई युथ नेटवर्कका सदस्यहरुले आफ्नै खर्चमा सहयोग सामाग्री हस्तान्तरण गरेका थिए ।

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा एम्नेस्टी इन्टरनेसनल नेपाल, काँक्रेविहार युथ नेटवर्कका संस्थापक संयोजक देवेन्द्र सेजुवालले बुवाआमा नभएका बेसहारा बालबालिकालाई सहारा दिएर नवजीवन बाल संरक्षण केन्द्रले ठूलो पुण्यको काम गरेको बताउँदै उनीहरुको शिक्षा, स्वास्थ्य सहित आधारभूत आवश्यकता पुरा गरेर मानवअधिकारको संरक्षण तथा सम्वद्र्धन गर्नमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

काँक्रेविहार युथ नेटवर्कका संयोजक सिर्जना जि.सी.को अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमा नवजीवन बाल संरक्षण केन्द्रका संस्थापक मोहनदास गुरुङ्ग, मध्यपश्चिम गजल मञ्चका अध्यक्ष खगेन्द्र अधिकारी, युथ नेटवर्कका उपसंयोजक प्रकाश जैसी लगायतले आ–आफ्नो भनाई राख्नुभएको थियो ।