२०७७ मंसिर १६, मंगलवार

पम्परागत खेतीप्रर्णालीका कारण उत्पादन वर्षेनी घट्दै

 जाजरकोट – नायकवाडा ७ का जयवहादुर सिंहले आप्नो जमिनमा लगाएको कुन जातको मकै हो भन्ने सम्म थाह पाउँनु भएको छैन । उहाँले विगत ७ वर्ष देखी पुरानौ एकै जातको मकै रौप्दै आउँनु भएको छ । जात नफेरी एकै खालको विउँ लगाउँदा उहाँको वालीमा वर्षेनी उत्पादनमा गिरावट आउनुका साथै रोगले सताउने गरेको छ ।

उहाँ नयाँ जातको मकै रौप्नु साट्टो धामीलाई कुन दिन मकै लगाउने र किन मकै उत्पादन राम्रो भएन भनेर कोटालो देवताका धामी संग छलफल गर्न समय खर्चनुहुन्छ । धामीले देवता चढेको भन्दै कहिले छुई,छाई भएको ,कहिले जमिनमा रौप्ने विउँ घरमा सुकाउदा नराम्रो मान्छेको आँखा लागेको भन्दै सुनाउने गर्दछन् ।

उहाँ जस्तै खगेनकोट ५ का कालीवहादुर खत्रीले आप्नो जमिनमा लगाउने विउँ कहिले पनि फेर्नुहुन्न , सधै एकै नाँशको विउँ लगाउदा उत्पादन राम्रो नभएको शंक्का उहाँलाई लागेको छ । कालीवहादुर थाह भएपनि को संग कहाँ सल्लाह लिने भन्ने अन्यौलताले गर्दा समस्यमा पर्नु भएको छ । जयवहादुर र कालीवहादुर मात्र होईन यहाँका सवै किसानहरु पहुँचमा कृषि विकास कार्यालय अर्थात सेवा केन्द्र नहुँदा अनि गएको वेला कर्मचारी नहुँने समस्यले गर्दा निकै मारमा परेका छन् ।

वषौदेखी एकै खालको विउँ प्रयोग गरेर आप्नो खेतवारीमा उत्पादन राम्रो नभएको थाह पाएर पनि उपयूक्त ज्ञानको अभाव र कृषि कार्यालय किसानको पहुँच भन्दा वाहिर भएकै कारण उचित सल्लाह सुझाव लिन नपाएको वताउँछन् । सिजनमा आकाशवाट पानी पर्न साथ आप्नो खेतवारीमा विउँ रोप्नु पर्छ भन्ने परम्परावादी ज्ञानका कारण यहाँका हजारौ किसानहरुको मेहनत खेर गएको कृषि संग सम्वन्धित सरोकारवाला हरु वताउँछन् ।

जिल्ला कृषि विकास कार्यालयमा नयाँ नयाँ जातका विउँहरु आएपनि ग्रामीण क्षेत्रका किसानहरुलाई सो कुरा थाह नै नहुँने गरेको भगवतीका किसान मोहन वस्नेतले वताउनुभयो । आप्नो खेतवारीको माटोको अम्लिए पन कती छ , कति मल प्रयोग गर्दा राम्रो हुन्छ अनि प्रति विरुवाको दुरी कति हुन्छ भन्ने सम्म थाह नपाई पुरानो शैलीमा खेतीपाती गर्दा किनासहरुका दुख खेर गएको कृषि विज्ञको भनाई छ । खेतवारीमा रोग लाग्दा धामी झाँक्रीको भरमा पर्दा अन्नवाली नोक्सान भएको पाईएको छ ।

कृषि सेवा केन्द्र नजिकका किसानहरुले विउँ ,विउजन अनि उचित सल्लाह सुझाव पाएपनि टाढाका किसानहरु भने भगवानको भरोशामा खेती गर्ने गरेको वताउँछन् । कृषि कार्यालयका कुरा किसान सम्म नपुग्ने र किसानका कुरा कृषि कार्यालय सम्म नपुग्दा समस्या जहाँको त्यही भएको सरोकारवालाहरु वताउँछन् ।

एउटा सेवा केन्द्रको भरमा ४ भन्दा वढी गाविसहरु भाग परेका कारण कृषि कर्मचारीहरु सवै ठाउँमा जाँन नपाएको वताउँछन् । सेवा केन्द्र रहेको गाविस भित्र घुम्न त कम्तिमा ५ दिन समय छुट्याउनु पर्ने वाध्यता रहेको छ भने सवै गाविसमा पुग्न त निकै चुनौति भएको जिल्ला कृषि कार्यालयले वताएको छ । कषि कार्यालयमा किसानले खोजेको वेला विषादी र विउँ चाहिएको वेला नपाईने भएका कारण पनि किसानहरु थप मर्कामा परेका छन् ।

सेवा केन्द्रमा पर्याप्त कृषि कर्मचारी नहुँदा पनि समस्य परेको हो । पहुँचवाला व्यक्ति , सेवा केन्द्र नजिकका व्यक्तिले मात्र कृषि कार्यालयको सेवा उपभोग गर्न पाएको उपभोक्ताको आरोप छ । जिल्लाका संञ्चार माध्यम र फोन सेवाले सवै ठाउँमा काम नगर्ने भएका कारण सुचना पाउँन र दिन मुस्किल भएको स्थानियहरु वताउँछन् । जतिसुकै नयाँ जातका विउँ सिफारिस भएपनि यहाँका दुरदराजका किसानहरु माल भएर पनि चाल नपाएपछि कसको के लाग्छ र भनेझै भएको छ । यो भन्दा अघि मकैमा व्यापक रोग लागेर किसानहरु समस्यमा परे तर कृषि कार्यालयको ढोका सम्म गएन्न ।

मकै हावाहुरीले सखाप वनायो तर किसानहरुले क्षेति पुर्ती पाएन्न । यस्तै खालका किसानका समस्यले गर्दा सेवा दिने र लिने विचको समस्यको खाडल ठुलो वनेको छ । सुुधारिएको खेती प्रणाली प्रयोग सहित कृषि प्राविधिक संग छलफल भएमा यहाँ खाद्यान्न उत्पादनमा वृद्धी हुनुका साथै किसानहरुको आर्यआर्जनमा सुधार हुँने देखिन्छ ।