२०७७ माघ ८, बिहीबार

स्वास्थ्य क्षेत्रमा यस्तो अवस्था, निजी क्लिनिकमा कुनै मापदण्ड छैन

सुर्खेत, भदौ ३१ । यहा“को वीरेन्द्रनगरमा रहेका निजी क्लिकहरुले मानव स्वास्थ्यलाई ख्याल नगरेको देखिएको छ । स्वास्थ्य उपचारका नाममा भ्याउ उम्रिए झै स्थापना भएका निजी स्वास्थ्य संस्थाहरुको अनुगमन गर्दा मानव स्वास्थ्यमा नै नकरात्म असर पर्ने गर्ने मापदण्ड पुरा नगरी संचालन भएको पाइएको हो ।

विहीबार गरिएको अनुगमनका क्रममा यस्तो भेटिएको अनुगमन समितिले जनाएको छ । क्षेत्रीय अस्पताल परिसरमा रहेको साझा औषधी पसल र वोहोरा फार्मेसीको अनुगमन गर्दा बोहोरा फार्मेसीले बा. १५ च ६३१८ नम्वरको गाडीलाई एम्वुलेन्सको रुपमा विरामी ल्याउने लैजाने गरेको पाइएकोछ । साथै यस फार्मेसीलले गाडीमा एच लेखी स्वास्थ्य सेवा दिने संकेत लेखेको हुंदा सो मेटाई एम्वुलेन्सको रुपमा उक्त गाडी प्रयोग नगर्न पहिलो पटक सचेत गराईएको र पुनः अटेर गरे कारवाही गरिने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

नीजि अस्पताल तथा स्वास्थ्य क्लिनिकहरुमा अनुगमन गर्दा सवारी पार्कीङ नभएको, स्वच्छ वातावरणका लागि वृक्षारोपण तथा वगैचा नभएको,आकस्मिक कक्षमा शौचालय नभएको,अपांगमैत्री शौचालय नभएको,वी.एन गरेको सिस्टरको व्यवस्था नभएको पाइएको अनुगमन समितिले जनाएको छ । यस्तै सुर्खेत अस्पताल, गुरुङ नर्सिङ होम, मप बाल क्लिनिकमा एक्सरे गर्ने कोठा उपयुक्त नभएको पाईएको छ ।

देउती र माया नर्सिङ होममा पनि वी.एन गरेको सिस्टरको व्यवस्था नभएको पाईएको छ । नीजि अस्ततालहरुमा स्टाफ नर्स ५ जना राख्नु पर्ने व्यवस्था भए पनि कम संख्यावाट नै काम चलाएको पाईएको अनुगमन जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले जानकारी दिए ।

जनक पोली क्लिनिकमा स्वास्थ्य शिक्षा सम्बन्धी सूचनामुलक पोष्टर तथा अन्य सामग्री नटा“सिएको, हाल कार्यरत नभएका चिकित्सक आर.के. मण्डलको नेमप्लेट डाक्टरको ढोकामा राखिएको, विरामीको विवरण नराखिएको,स्टेरीलाईजेसनको व्यवस्था नभएको,डेन्टल टेक्निसियन नभएको,कर्मचारीको, पारिश्रमिक भुृक्तानीको अभिलेख र कर्मचारी हाजिरी नभएको, स्वास्थ्य परामर्स सेवा दिने व्यक्ति स्वास्थ्य विज्ञानमा प्राण पत्र तह उत्तीर्ण गरको व्यक्ति राख्नु पर्नेमा नराखिएको पाईएको छ ।

यस्तै औषधि व्यवस्था विभागको अनुमति लिएर मात्र स्वास्थ्य क्लिनिक सञ्चालन गर्नु पर्नेमा यरी चोकमा रहेको वुलवुले स्वास्थ्य क्लिनिकले सिएमए संघको आवद्धताका आधारमा क्लिनिक संचालन गरेको पाईएकोले क्लिनिकका प्रोप्राईटरलाई क्लिनिक सञ्चालन सम्वन्धि कागजात जिल्ला प्रशासन कार्यालयमा पेश गर्न निर्देशन दिईएको छ ।

अनुगमनका क्रममा सि.एम.ए. संघको आवद्धताका आधारमा मात्र पनि स्वास्थ्य क्लिनिक सञ्चालन गर्न पाईन्छ भन्ने सोचाईमा रहेका व्यवसायीहरुको वारेमा सम्वन्धित निकायले निर्णय गरी नियमन गर्नु पर्ने देखिएको प्रशासकीय अधिकृत पौडेलले बताए ।

यस्तै अनुगमनका क्रममा मप क्षेत्रीय अस्पताल परिसरमा रहेका खुद्रा पसलहरु मा म्याद नाघेका खाद्य पदार्थ विक्रि नगर्न निर्देशन दिईएको छ भने खाजा पसलमा सरसफाईमा ध्यान सचेत गराइएको छ ।