२०७७ मंसिर ११, बिहीबार

प्रधानमन्त्रीलाई एयरपोर्टमा भव्य स्वागत, विदेशमन्त्री स्वराजले गरिन रिसिभ

Prachanda3-286x300नयाँ दिल्ली, ३१ भदौ । चार दिने भारत भ्रमणमा दिल्ली आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ईन्धिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकीछिन् ।

प्रधानमन्त्री प्रचण्ड र विदेशमन्त्री स्वराजवीच झण्डै १० मिनेट कुराकानी भएको थियो । कुराकानीमा विदेशमन्त्री स्वराजले भनिन्,‘तपाईको यो भ्रमणले द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउने छ भन्नेमा हामी पूर्ण विश्वस्त छौं, आगामी दिनमा दुईदेशवीचको सम्बन्ध प्रगाढ र विश्वासका साथ अघि बढ्छ ।’

स्वराजले प्रधानमन्त्री प्रचण्डलाई भारत सरकारले राजनकीय सम्मान दिने समेत बताईन् ।  यता प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमण द्धिपक्षीय सम्बन्धमा विश्वासको वातारण बनाउने दाबी गरे ।