२०७७ मंसिर ११, बिहीबार

लैखममा वहुला स्यालको टोकाईवाट दर्जन घाईते

असोज जाजरकोट । यहाँको सक्ला गाविसको वडा नं १ लैखममा वहुलाएको स्यालले जथाभावी मानिसलाई टोक्दा दर्जन वढी घाईते भएका छन् ।
विगत एक हप्ता देखी लैखम गाउँमा वहुलाएका स्यालले मानिस तथा घरपालुवा कुकुरलाई टोक्दा स्यालको आतंक फैलिएको स्थानिय कृष्णवहादुर खत्रीले वताउनुभयो । वच्चा, वृद्ध,वृद्धाहरु स्यालको टोकाईवाट वढी घाईते भएको खत्रीले वताउनुभयो । घाईतेलाई रेविज विरुद्धको भेक्सिन लगाउन जिल्ला अस्पताल ल्याईएको छ । यो सदरमुकामवाट एक दिनको पैदल दुरीमा पर्दछ । मकै भाँच्न वारी गएका वेला स्यालवाट मानिसहरु पिडित हुँने गरेका छन् ।

स्थानीय स्वास्थ्य संस्थामा रेविज विरुद्ध दिने भेक्सिन नभएका कारण सदरमुकाम ल्याईएको हो ।