२०७७ मंसिर १४, आईतवार

रामलालको ऐनालाई मदन पुरस्कार

ramlal-joshi-ainaकाठमाडौं, – रामलाल जोशीले वि.सं.२०७२ को मदन पुरस्कार विजेता बनेका छन् । सुवेदीको ‘ऐना’ कथा संग्रहले यस पटको मदन पुरस्कार जितेको हो । मदन पुरस्कार गुठीको मंगलवार बसेको बैठकले लेखक सुवेदीको ‘ऐना’लाई पुरस्कार उक्त प्रदान गर्ने निर्णय गरेको हो ।

बैठकले लीलाबहादुर क्षेत्रीलाई जगदम्वा पुरस्कार प्रदान गर्ने निर्णयसमेत गरेको छ । दुबै पुरस्कारको राशी दुई(दुई लाख रुपैयाँ छ ।

मदन पुरस्कारको लागी श्रेष्ठ सूचीमा परेका पुस्तकहरुमा रामलाल जोशीको ऐना, भुवनहरी सिग्देलको आमोई, नीलम कार्की निहारिकाको चिरहरण, घनश्याम खड्काको निर्वाण, सरिता तिवारीको प्रश्नहरुको कारखाना, बुद्धिसागरको फिरफिरे र दामोदर पुडासैनी किशोरको सिमानाका रङ्ग सिमानाका तरङ्ग थिए ।

यसअघि विजेताको नाम मात्र सार्वजनिक गर्ने गरिएको भएपनि २०७२ सालबाट श्रेष्ठ सूची बनाइएको हो ।