२०७७ मंसिर १०, बुधबार

भारत भ्रमणमा गएका व्यापारीको अनुभव, लगानी भित्र्याउन राजनीतिक स्थिरता आवश्यक

madan-khadkaसुर्खेत, असोज ५ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को चार दिने भारत भ्रमण टोलिमा रहेका ब्यापारीले नेपालमा बाह्य लगानीकर्ताहरु नभित्रिएसम्म विकास नहुने निष्कर्ष निकालेका छन् ।

भ्रमणका क्रममा लगानीकर्ता र ब्यापारीहरुसंगको छलफल तथा भेटघाटका क्रममा आफूहरुले थुप्र अनुभव प्राप्त गरेको भन्दै भ्रमण दलका व्यापारी मदनबहादुर खड्काले लगानी भित्र्याउन वातावरण बनाउनुपर्ने बताए ।

उनले छलफलका क्रममा बाह्य लगानीकर्ताहरु नेपालमा ठुलो लगानी गर्न उत्सुक रहेको तर नेपालको अस्थिर राजनीतिका कारण चिन्तित हुने गरेका बताए । बाह्य लगानीकर्ताहरुले नेपालमा आफूहरु लगानी गर्न तयार रहेको तर त्यसका लागि स्थायी शान्ति र राजनीतिक अस्थिरता हुन आवश्यक रहेको बताउने गरेको खड्काले बताए । ‘‘हामी नेपालमा लगानी गर्न तयार छौं,’ बाह्य लगानीकर्ताहरुको भनाई उद्धृत गर्दै खड्काले भने–‘तर हाम्रो लगानी सुरक्षाका लागि राजनीतिक स्थिरता र स्थायी शान्ति हुन जरुरी छ ।’’

मुख्य गरी लगानीकर्ताहरु नेपालको जलविद्युत आयोजना, अन्तराष्ट्रिय एर्यपोर्ट र जडिबुटीमा लगानी गर्न तत्पर रहेको पाइएको छ । अहिले पनि भारत भ्रमणका वेला नेपालमा एक हजार मेगावाट जलविद्युत उत्पादनका लागि लगानीकर्ताहरुले १२ अर्ब भन्दा बढी रकम तत्काल लगानी गर्न तयार रहेको बताएको खड्काले बताए । उनले आफूहरुले भारतमा रहेका करिब ८० देशका व्यापारीहरुसंग भेटघाट गर्ने अवसरमा पाएको भन्दै उनीहरुसंगको अनुभव आदानप्रदानले मुलुकको आर्थिक समृद्धिका लागि बाह्य लगानीको ठुलो महत्व हुने कुरा प्रष्ट भएको बताए । भारतमा पनि ठुलो उद्योग तथा विकास निर्माणमा बाह्य कम्पनीहरुको लगानी रहेको भन्दै उनले बाह्य लगानी विना राष्ट्रको विकास हुन ढिला हु ने बताए ।

बाह्य लगानी भित्र्याउन वातावरण बनाउनु पर्ने तर लगानीकर्तासंगै जोडिएको खास स्वार्थ पनि चिन्न सक्नु पर्ने उनको भननाई छ । खासगरी नेपाली राजनीतिमा भारतको भूमिका रहने गरेको प्रत्यक्ष अनुभव गरेको भन्दै खड्काले भारतीय लगानीकर्ताहरुको स्वार्थलाई बुझ्न पनि जरुरी रहेको बताए । नेपालको हितमा हुने लगानी जतिसक्दो चाँडो भित्र्उन पहल गरिनुपर्ने र त्यकास लागि राजनीतिक स्थिरता कायम गरी अस्थायी शान्ति आवश्यक हुने उनको भनाई छ ।

उनले भारतमा नेपालको एक वर्षको बजेट बराबरको लगानी एक जना व्यापारीले नै गर्ने गरेको भन्दै नेपालको विकासको लागि त्यस्ता लगानीकर्ताको आवश्यकता रहेको बताए । ‘‘नेपालको बजेट जति लगानी त भारतमा एउटा व्यापारीले गर्ने गरेको देखियो,’ उनले भने–‘नेपालमा पनि यस्तो लगानीको आवश्यकता हो, यसका लागि वातावरण बन्न आवश्यक छ ।’’

यसैबीच खड्काले भारत भ्रमणका वेला माथिल्लो कर्णाली जलविद्युत आयोजनाको जिम्मा लिएको जिएमआरका बारेमा पनि कुरा उठेको बताए । यसका लागि नेपालमा लाइसेन्स लिएर काम नगरिएका विभिन्न आयोजनाका बारेमा पनि नेपाल सरकारका तर्फबाट कुरा उठाइएको उनको भनाई छ । खड्का नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनका तर्फबाट प्रधानमन्त्रीको भ्रमण टोलिमा परेका हुन् । प्रधानमन्त्रिको विदेश भ्रमण टोलिमा पर्ने खड्का मध्यपश्चिमका पहिला व्यापारी समेत हुन् ।