२०७७ माघ ४, आईतवार

स्ववियु पदाधिकारीलाई सपथग्रहण

nebisung-57c501fa27d8f7-62913134सुर्खेत – गत भदौ १२ गते भएको मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनका निर्वाचित पदाधिकारीले मंगलबार पद तथा गोपनियताको सपथ खाएका छन ।

विश्वविद्यालयको आयोजनामा भएको कार्यक्रममा उनीहरुले मंगलबार पद तथा गोपनीयताको सपथ खाएका हुन । विश्वविद्यालय सुर्खेतका उपकुलपति प्रा.डा.उपेन्द्रकुमार कोईरालाले विजयी पदाधिकारीलाई पद तथा गोपनियताको सपथ खुवाएका थिए । प्रत्यक्षतर्फ निर्वाचित भएका पदाधिकारीले मंगलबार सपथ खाएपनि बाँकी ७ समानुपातितर्फका पदाधिकारीलाई पछि सपथ खुवाइने छ ।

कार्यक्रममा बोल्दै उपकुलपति कोईरालाले विश्वविद्यालयका शैक्षिक र प्राज्ञिक उन्नतीको लागि स्ववियु पदाधिकारीले साथ दिनेमा आफू विश्वस्त रहेको बताए । उनले विद्यार्थीको माग र विश्वविद्यालयको लक्ष्य अनुसार पदाधिकारीले काम गर्न सुझाव समेत दिए ।

सपथ कार्यक्रममा बोल्दै निर्वाचन छानविन समितिका संयोजक मस्तबहादुर गरञ्जाले निर्वाचन बारे बाहिर उठेका टिकाटिप्पणि गलत भएको जानकारी दिए ।