२०७७ माघ ४, आईतवार

प्रगति विवरण पेश नगर्दा रेविजको भेक्सिन स्वास्थ्यमा आएन

जाजरकोट – यहाँको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले प्रगती विवरण नपठाएपछि रेविज विरुद्धको भेक्सिन जिल्ला अस्पतालमा आएको छैन ।

जिल्ला स्वास्थ्य कार्यालयमा रेविज विरुद्धको भेक्सिन नहुँदा दैनिक कुकुर तथा स्याँलले टोकेका विरामी आएपनि रित्तो हात फर्कने गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटलाई क्षेत्रिय स्वास्थ्य निर्देशनालयले प्रगती विवरण पठाउन ताकेता गरेपनि स्वास्थ्य कार्यालयले पठाउन ढिला गरेको छ । अहिले जिल्ला स्वास्थ्य कार्यालयमा एउटा पनि रेविज विरुद्ध लगाउने भेक्सिन नहुँदा विरामीहरु मर्कामा परेको खोपका फोकल व्यक्ती रामपुकार शाहले वताउनुभयो ।

जिल्लाका ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थमा आवश्यक विद्युतको अभावमा भेक्सिन जिल्लामा राख्ने गरिएका कारण सवै विरामीहरु जिल्लामा आउँने गर्दछन् । जिल्लामा नै खोप नहुँदा दैनिक रित्तो हात फर्कने गरेको पाईएको छ । सक्ला १ लैखमका धनवहादुर खत्री लाई वहुलाएको कुकुरले टाकेपछि एक दिन हिडेर सदरमुकाम आएपनि भेक्सिन नहुँदा रुकुमको चौरजहारीमा गएको वताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयले कहिले प्रगती विवरण पठाउने हो अनि कहिले भेक्सिन आउने हो अन्यौल भएको एक स्वास्थ्यकर्मीले वताउनुभयो । एत्ता औषधीको स्टोर समाल्दै आएका लमवहादुर खड्काले समेत प्रगती विवरण नपठाएका कारण समस्य भएको वताउनुभयो । यो भन्दा एक महिना अघि सर्पदंशको औषधी लुकाएर विरामी रुकुमको चौरजहारी अस्पतालमा रिर्फर जिल्ला स्वास्थ्य कार्यालयले नै गरेको थियो ।

यसको समाचार प्रकाशन भएपछि रुकुमको चौरजहारी अस्पताललाई जाजरकोट स्वास्थ्यले नै सर्पदशंको औषधी दिन वाध्य भएको थियो ।