२०७७ मंसिर ९, मंगलवार

समृद्धिका लागि इमान्दारिता र समूह लगानी आवश्यक

jj-1सुर्खेत, असोज ६ ।
सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको एक कार्यक्रमका सहभागीहरुले देशको आर्थिक समृद्धका लागि इमान्दारिता र समूह लगानीको आवश्यक भएको बताएका छन् ।

कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास राज्य मन्त्री श्रीप्रसाद जवेगुुले देशको आर्थिक समृद्धिका लागि सर्वहारा वर्गप्रतिको सम्मान र इमान्दारिता आवश्यक भएको बताएका छन ।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगडन प्रदेश नं ६ को प्रथम सम्मेलनको उद्घाटन पछि बोल्दै राज्य मन्त्री जवेगुले यस्तो बताएका हुन् । समृद्धिको सम्भावना भएको यस प्रदेश १० वर्षमै देशकौ सबैभन्दा धनि प्रदेश हुने विश्वास आफूमा भएको भन्दै उनले त्यसका लागि यस क्षेत्र कै व्यापारीहरु जुट्नुपर्ने बताए । यो प्रदेशको समृद्धिका लागि आर्थिक पाटो बलियो बनाउनुपर्ने उनको भनाई छ ।

राज्य मन्त्री जवेगुले प्रदेश नंम्बर ६ सम्भावनाको खानी भएको भन्दै यहाँका प्राकृतिक सम्पदाहरुलाई उचित ढंङगले परिचालन गर्नुपर्ने बताएका हुन् । उनले उत्पादन र निर्माणको योजनाबाट सामूहिक उत्पादन प्रणालीबाट राष्ट्रिय पुँजीको निर्माण गर्ने आधार तय गर्ने मुख्य भूमिका व्यवसायीहरुको हुने बताए । त्यसका लागि उत्पादनका क्षेत्रको पहिचान गर्नु आवश्यकता रहेको उनको भनाई छ राज्य मन्त्री जवेगुले कुनै पनि क्षेत्रमा लगानी गरेर मात्रै नहुने भन्दै लगानी गरेका हरेक योजनालाई अनुगमन र निरीक्षण गर्नुपर्ने औल्याएका छन् ।

यसैगरी उद्घाटन कार्यक्रममा बोल्दै सांसद सीता नेपालीले प््देश नं. ६ लाई समृद्ध बनाउन उद्योग व्यापार संगठनको सहत्वपूर्ण भूमिका रहेको भन्दै त्यसको नेतृत् वगर्नुपर्ने बताईन । सम्मेलनमा नेपाल राष्ट्रिय व्यापार संगठनका केन्द्रीय उपाध्यक्ष दामोदर आचार्यले सुनको सिरानी हालेर नुनको खोजिमा भौतारीने परम्पराको अन्त्य नभएसम्म देशको आर्थिक विकास नहुने भन्दै अब समूह लगानीको अभ्यास सुरु गरिनुपर्ने बताए ।

पश्चिम नेपालमा समूह लगानीको अभ्यास नै नभएको भन्दै समूहमा लागानी गर्दा सानोसानो पुँजीबाट पनि ठुलो व्यवसाय सञ्चालन गर्न सकिने बताए । लगानी गर्न रकम छैन भनेर बस्नु भन्दा समूह लगानी गरी व्यवसाय गरे आर्थिक समृद्धि हुने उनको भनार्इ छ ।

संगठनका प्रदेश नंम्बर ६ का व्यावसायीक प्याक्सन ईन्चार्ज भिमप्रसाद शर्माले व्यवसायीहरुका समस्याहरुको समाधान व्यवसायीहले मात्रै गर्न सक्ने भएकाले प्रत्येक व्यवसायीहरुका समस्या पहिचान गरी समाधानतर्फ लाग्नुपर्ने बताए ।  यसैबीच कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनका उदिंराम डांगीले ‘आर्थिक समृद्धि र स्वाधिन अर्थतन्त्रको लागि पूर्वाधारः जङगल, जडिबुटी र पर्यटन प्रदेश समृद्धिको आधार’ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

यसै विषयमा छलफल तथा अन्तरक्रिया समेत भएको थियो । साथै यसै विषयका बारेमा संघीय मामिला तथा स्थानीय विकास राज्य मन्त्री जवेगुलाई जानकारी समेत गराइएको थियो ।