२०७७ मंसिर १३, शनिबार

प्रदेश नं. ६ को अध्यक्षमा खड्का

14390867_1109350172487266_2229713372838964727_nनेपाल राष्ट्रिय उद्योग व्यापार संगठन प्रदेश नं. ६ को अध्यक्षमा सुर्खेतका व्यवसायि मदनबहादुर खड्का चयन भएका छन् ।

 बुधबार सम्पन्न भएको प्रदेश सम्मेलनबाट खड्काको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा पुष्कर बस्नेत, बाणिज्य उपाध्यक्ष ईन्द्रप्रसाद शर्मा, उद्योग उपाध्यक्षमा ताराकेशर शर्मा, महासचिवमा भानुभक्त बराल, सचिवमा राजेन्द्रकुमार थापा र कोषाध्यक्षमा उषा पाण्डे चयन भएका छन् ।