२०७७ माघ ३, शनिबार

सुशासन सम्बन्धी तीनदिने तालिम

सुर्खेत, असोज ६ ।
सहकारी संस्थामा आवद्ध सदस्यहरुका लागि सुशासन सम्बन्धी तीन दिने तालिम बुधबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको छ ।
यूएसएआयडीको सहयोग तथा कृषि, स्वास्थ्य तथा बैकल्पीक जीविकोपार्जन प्रवद्र्धन कार्यक्रम(पहल) परियोजनाको व्यवस्थापन र सुन्दर नेपाल संस्थाको सहजीकरणमा उक्त तालिम सुरु भएको हो ।

पहल परियोजना अन्तर्गत सुर्खेतका १० वटा गाविसमा स्थापना भएका सहकारी संस्थाका पदाधिकारीहरुलाई संस्थालाई पारदर्शी र व्यवस्थापकिय ढंगले सञ्चालन गर्नका लागि सहयोग पु¥याउने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको हो ।

कुनैपनि संस्थालाई चुस्त र मर्यादित बनाउनका लागि सुशासनको महत्व रहेकोले ती सहकारी संस्थाहरुलाई जनतामूखि र पारदर्शी बनाउनका लागि तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । तीनदिने सुशासन सम्बन्धी तालिममा मुख्य प्रशिक्षकका रुपमा नेशनल इन्स्टिच्युट फर लिडरसीप डेभलपमेन्टका प्रशिक्षक विक्कलप्रसाद शेरचन र उषा मल्ल सिंह रहेका छन् ।

प्रशिक्षक शेरचनले तालिमका सहभागि सहकारीका पदाधिकारीहरुलाई संस्थालाई समृद्ध र समुन्नत बनाउनका लागि पारदर्शीता र सुशासन कायम गर्नुपर्ने बताए । यस्तै अर्का प्रशिक्षक उषा मल्ल सिंहले पनि संस्थालाई प्रभावकारी रुपमा सञ्चालन गर्न र संस्थामा आवद्ध शेयर सदस्यहरुले दिएको जिम्मेवारीलाई कर्तव्य बोध गरी काम गर्नुपर्ने बताइन् ।

तालिम उद्घाटन कार्यक्रमका सभाध्यक्ष तथा सुन्दर नेपाल संस्थाका अध्यक्ष हेमप्रकास भुषालले दुवै जना प्रशिक्षक सुशासन तथा पारदर्शीताका विषयमा विज्ञ नै भएकोले सहभागीलाई ध्यानपूर्वक सुन्नको लागि आग्रह गरे ।