२०७७ मंसिर १५, सोमबार

विकाशका लागि सम्भावनको प्रदेश

देशको आर्थीक सम्बृद्धि समग्र चिन्ता हो । सबैको चिन्ता हो । आर्थीक परिवर्तन राजनितिक परिवर्तनपछिको अर्को महत्वपुर्ण कार्यभार हो तर त्यसका लागि अहिलेकै चिन्तन सोचाई र क्रियाकलाप कार्यशैलीले सम्भव छैन । त्यसका लागि इमान्दारिता र समूह लगानीको आवश्यक देखिन्छ । हाम्रो जस्तो देशको संरचना तथा अन्य सस्कृतिका कारण पनि त्यो जरुरी भएको हो ।

देशको आर्थिक समृद्धिका लागि सर्वहारा वर्गप्रतिको सम्मान र इमान्दारिता आवश्यक देखिन्छ । यस्का लागि देशैभरी जरुरी छ । यस्को सम्भावना पनि उज्जल छ । खासमा समृद्धिको सम्भावना भएको यस प्रदेश १० वर्षमै देशकौ सबैभन्दा धनि प्रदेश हुने विश्वास र आधारहरु पनि छन यहा । यो प्रदेशको समृद्धिका लागि आर्थिक पाटो बलियो बन्यो भने सबै कुरा सम्भव छ । विकाश यहिवाट सम्भव छ ।

भौगोलिक रुपमा विकट भएपनि प्रदेश नंम्बर ६ सम्भावनाको खानी भएको प्रदेश हो । प्राकृतिक सम्पदाहरुलाई उचित ढंङगले परिगरे र उत्पादन र निर्माणको योजनाबाट सामूहिक उत्पादन प्रणालीबाट राष्ट्रिय पुँजीको निर्माण गर्ने आधार तय भए यो प्रदेश अरुका लागि सीक्न लायक प्रदेश हुने निस्चीत छ । त्यसका लागि उत्पादनका क्षेत्रको पहिचान गर्नु आवश्यकता रहेको देखिन्छ ।

तसर्थ निजि लगानि र सरकारी सहकार्यमा हामी धेरै गर्न सम्भव भएको प्रदेशमा अहिलेदेखी नै गर्नसक्ने सम्मका काम सहकार्यमा गर्ने । सुरु पनि गरिहाल्ने हो भने वेलैमा हामीले चाहो जस्तो विकास देख्न सकौला ।