२०७७ मंसिर ११, बिहीबार

नलगाड वहुमुखी क्याम्पसका नवनियूक्त अध्यक्षको स्वागत

jajarkot1असोज ७ जाजरकोट । नलगाड वहुमुखी क्याम्पसका नवनियूक्त अध्यक्ष गणेसप्रसाद सिंहको विहिवार भव्य स्वागत गरिएको छ । त्रिभुवन विश्वविद्यालय डिनको कार्यालयले सिंहलाई नलगाड वहुमुखी क्याम्पसको अध्यक्षमा मनोनित गरेर पठाएपछि विहिवार सिंहलाई पदभार ग्राहण संगै भव्य स्वागत गरिएको छ ।

नेकपा माओवादी केन्द्र जाजरकोटका ईन्चार्ज समेत रहेका सिंह १० वर्षे जनयूद्ध देखी अहिले सम्म सक्रिया राजनीतिमा आवद्ध हुनुहुन्छ । विभिन्न सामाजिक कार्यमा सक्रिय सिंह नलगाड वहुमुखी क्याम्पसको अध्यक्ष भए संगै भौर्तिक पुर्णधार नभएको यस क्याम्पसले सुधारको मुहार फेर्ने निर्मित क्याम्पस प्रमूख नारायणवहादुर सिंहले वताउनुभयो । उहाँ नलगाड जलविद्युत आयोजनाको सरोकार समितीको अध्यक्ष समेत हुनुहुन्छ ।

पदभार ग्राहण संगै गणे प्रसाद सिंहले भौर्तिक पुर्णधार पहिलो प्राथमिकता रहेको वताउदै अव क्याम्पसलाई राजनैतिक थलो नभई शिक्षा आर्जन गर्ने र दक्ष जनसक्ती उत्पादन गर्ने थलोको रुपमा विकास गर्नका लागी सवै सक्तीले सहयोग गर्नुपर्ने वताउनुभयो ।