२०७७ मंसिर ९, मंगलवार

६ नंम्वर प्रदेशको प्रेस सेन्टरको अधिवेशन सुर्खेतमा आजदेखी सुरु हुँदै

press-center-kaskiअसोज ९ सुर्खेत । प्रेस सेन्टर नेपाल ६ नम्वर प्रदेशको अधिवेशन आईतवार सुर्खेतमा हुँने भएको छ । प्रदेश नं ६ का सवै जिल्लाका प्रतिनीधि , केन्द्रिय सदस्य हरु सुर्खेतमा पुगेका छन् ।

अधिवेशनले केन्द्रिय अधिवेशनमा जाँने प्रतिनीधि छनोट गर्नुका साथै प्रदेश नं ६ को नयाँ नेतृत्व चयान गर्ने छ । सुर्खेतमा २ सय भन्दा वढी पत्रकारहरु उपस्थित भईसकेका छन् । अध्यक्षका लागी दुई जनाले अहिले सम्म दावी गरेका छन् । रुकुम घर भई रेडियो सानीभेरी एफ एम रुकुम र प्रदेश एफ एम सुर्खेतका प्रमूख धुर्वविक्रम वुढाथोकी र नेपाल समाचार पत्रमा आवद्ध जाजरकोटका दिपेन्द्र शर्माले नेतृत्वमा दावी गरेको प्रेस सेन्टर नेपाल ६ नम्वर प्रदेशले वताएको छ ।

दिपेन्द्र ,धुर्व दुवै जनयूद्ध काल देखी नै पत्रकारितामा आवद्ध रहनु भएको थियो । नेतृत्वको लागी चुनावमा नजाँन र सहमतीकै आधारमा नेतृत्व छनोट गर्न सहभागी पत्रकारहरुको जोड रहेको छ ।