२०७७ माघ ५, सोमबार

कर्मचारी अभावले शनिबार पनि कार्यालय सञ्चालन

office-clip-art-ftp_bsnss050सल्यान (सल्लिबजार) असोज ९ । नेपाल विधुत प्राधिकरण वितरण तथा ग्राहाक सेवा केन्द्र सल्लिबजारमा रहेको कार्यालयमा कर्मचारीको अभावका कारण सार्वजनिक विदाको दिनमा समेत कर्मचारी काम गर्ने वाध्य भएका छन् ।

सुर्खेत वितरण केन्द्र राकम युनिट कार्यलय ‘नो लाईट’ सेवा सल्लिबजार नामकरण दिएर विद्युत प्राधिकरणको कार्यालय सल्लिबजारमा स्थापना गरिएको छ । दुई जना कर्मचारी भएकोले सुर्खेतको राकम गाविस, काप्र्रिचौर, बोटेचौर हुदै सल्यानको देवस्थलको सल्लिबजार लगायतका उक्त गाबिसका केही वडाहरुमा २ जना कर्मचारीले काम गर्दै आएका छन ।

बत्ती विग्रियो, लाईनमा समस्या आयो, नयाँ जडान गर्नुका साथै कार्यालयको समेत महसुल उठाउने कामले विदाको दिनमा समेत २ जना कर्मचारीलाई भ्याई नभ्याई हुने गरेको छ । सबै काम २ जनाले गर्दा निक्कै समस्या भएको नेपाल विधुत प्राधिकरण कार्यलय शाखा सल्लिबजारका प्रमुख लोकेन्द्रमान शाक्यले जानकारी दिए ।

सबै काम एकै साथ गर्नुपर्ने भएकोले सार्वजनिक विदामा आmूहरुले काम गर्ने गरेको उनको भनाई छ । लाईन जडानको क्षेत्र बिस्तारसँगै प्राधिकरण सल्लिबजारले विद्युत सम्बन्धी सम्पूर्ण काम आफूहरुले नै गर्नुपर्ने भएकोले समस्या भएको शाक्यले बताए ।

शनिबार पनि उक्त कार्यलयमा महसुल बुझाई रहेका सेवा ग्राहिले भने–‘‘कार्यलयमा कर्मचारी अभावले विदाको दिनमा समेत आएर महुल बुझाउने गरेका छौं ।’’ यो कार्यालय अन्तर्गत १२ सय सेवाग्राहीहरु रहेका छन् ।