२०७७ माघ ५, सोमबार

राज्यका हरेक परिवर्तनमा कलाकारको योगदान छ : उपराष्ट्रपति पुन

lok-geetकाठमाण्डौ, ९ असोज । राष्ट्रिय लोक तथा दाहोेरी गीत प्रतिष्ठान नेपालको छैटौँ महाधिबेशनको आज धुमधामसँग उद्घान भएको छ ।  शनिबार कमलादिस्थित् नेपाल प्रज्ञा भवनमा भएको उक्त महाधिवेशनको उद्धघाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गेका हुन् । महाधिवेशन उद्धघाटन गर्दै उपराष्ट्रपति पुनले राज्यका हरेक परिर्वतनमा कलाकारहरूको ठुलो योगदान रहेको बताएका छन् ।

उपराष्ट्रपति पुनले कलाकार अमुल्य निधिको रुपमा आफुले बुझेको बताउँदै भने “राज्यले कलाकारहरूको उचित व्यवस्थापन र सम्मान गर्न सकेको छैन्, यसतर्फ सकारले ध्यान दिन दिनुपर्छ, यसको लागि म जोडदार माँग गर्दछु ।”

अर्को प्रसँगमा उनले भने “संस्कृति मन्त्रालयको पहिलो दायित्व भनेको राज्यको संस्कृति बचाउनु हो । यसमा मन्त्रालय गम्भीर भएर लाग्नु पर्छ ।” उपराष्ट्रपति पुनले लोक गीतमा आधुनिकता आउनु स्भाविक हो भन्दैे आधुनिकताको नाममा लोक संस्कृतिको मर्म माथि चोट पुग्छ भने त्यो कुरा सभ्य समाजको लागि राम्रो नहुने धारणा राखे ।

उनले अघि थपे, ‘हाम्रा लोक गीतका भिडियोहरुले पनि समाजलाई सम्बोधन गर्ने खालको हुनुपर्छ, लोक क्षेत्रले व्यवसायिकताको आकार लिँदैछ, यसलाई अझै व्यवस्थित् र मर्यादित गर्नको लागि यो महाधिबेशनमा छलफल गर्नु हुनेछ भन्ने आशा लिएको छु ।’ उपराष्ट्रपति पुनले नेपालका हरेकजसो संघसंगठन, पार्टीहरुको महाधिशनमा नेता कसलाई बनाउने चर्चा हुने गरेको तर नीती कस्तो बनाउने भन्ने कुरामा वहस नभएकोमा दुःख व्यक्त गरे । उनले अघि थपे,‘अब यहाँहरूको नीतिमा आधुनिक नेपालको छलफल हुनुपर्छ, अबको लोक गीतले आर्थिक समृद्धिको र राष्ट्रिय एकताको लागि महत्वपूर्ण योगदान दिनेछ भन्नेमा म पूर्ण विश्वस्त छु ।”

त्यस्तै कार्यक्रममा पत्रकार ऋषि धमलाले देश र जनताको बिकासको लागि सबैभन्दा बढि कलाकारहरूले योगदान पु¥याएको भन्दै अब यस क्षेत्रको विषयमा पत्रकारहरूले गहन भएर आफ्नो कलम चलाउनुपर्ने बताए ।  धमलाले कलाकारहरूको हकहितको लागि आफु जस्तोसुकै साथ र सहयोग गर्न तयार रहेको बताउदै भने “तपाईहरूको आग्रहलाई मैले सधैँ सम्मान गर्छु, लोक गित संरक्षण र प्रवद्र्धनको लागि रिपोर्टर्स क्लब नेपाल वहस गर्न तयार छ, तपाईहरूका मागहरू राज्यलाई सुनाउन हाजिर छ ।’

धमलाले अघि थपे,‘तपाईहरू आउनुस्, सरकारले यस क्षेत्रको लागि केही गरेको छैन्, हामी सबैले मिलेर यसको उचित संरक्षण र विकासको लागि काँधमा काँध र हातमा हात मिलाएर अघि बढ्नुपर्छ ।’ त्यस्तै कार्यक्रममा गायिका कोमल वलिले लोक क्षेत्रमा अनुसाशनको खाँचो रहेको भन्दै आफुभन्दा अग्रज कलाकारको सम्मान गर्दा मात्रै पछिका कलाकारले आफुलाई सम्मान गर्ने विश्वास व्यक्त गरिन् । उनले लोक संस्कृति भनेको नेपालीहरूको लोक जीवन भएको उल्लेख गर्दै आफू सदासर्वदा यस क्षेत्रको बिकासको लागि लागिरहने बताएकीछिन् ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्षका उम्मेद्धवार बद्रि पंगिनी, बरिष्ठ कलाकार प्रजापति पराजुली, दुर्गा रायमाझि लगायतले शुभकामना व्यक्त गरेका थिए ।