२०७७ कार्तिक ११, मंगलवार

च्यातिएर ध्रुवीकृत भएको बौद्धिक जमात

नेपालले विश्व बौद्धिक बजारमा एकदमै सानो स्थान ओगटेको छ,अथवा भनौं ‘कमोडिटिज मार्केट’मा सन २००४ मै नेपाल बिश्व बजारमा Ishwor-Aryalप्रबेश गरिसकेको भए ता पनि बौद्धिक स्तरमा नेपालका बिचारहरु निर्यात हुँदैनन् । न त बाहिरका विचारहरु ल्याएर यहाँ सफल प्रयोग गर्न सकिएको छ नै । बाहिरका बौद्धिक बिचारहरु यहाँ कपि पेस्टको अवधारणा अन्तर्गत भित्रने गर्दछन, नेपाली बजारमा त्यसको माग अत्यन्त न्युन छ ।

अहिलेको युग सुहाउँदो बौद्धिकता खोज्ने अधिकांश नेपाली उत्तराधुनिकताबादीहरु यहाँको बौद्धिक बजारबाट सन्तुष्ट छैनन् अथवा भनौं नेपालको बौद्धिक बर्गमा मार्केट सेन्स नै छैन । यसका अधिकांश उदाहरणहरु दैनिक रुपमा काठमाडौंमा हिला गल्लीहरुमा छताछुल्ल पोखिएका छन् ।

विचारणीय के छ भने हाम्रो बौद्धिक जमात जहिले पनि दुइवटा’एक्स्ट्रीम पोल’ समातेर बसेका छन् । विज्ञानको नियमानुसार समयलाई पनि एउटा आयाम मानेर वस्तुको अवस्थितिको हिसाब गर्ने हो भने समयको परिवर्तनसंगै सो अवस्थिती परिवर्तित भैरहेको हुन्छ । एक सेकेन्ड अघि सही लाग्ने कुरा एक सेकेन्ड पछि त्यसको उपादयेता सकिएर काम नलाग्ने कुरामा परिणत भैसकेको हुन्छ । तर नेपालको बौद्धिक बजारमा दशकौं अघि एक्सपायर भैसकेका बौद्धिक खुराकहरुको बलमा आज पनि बजार कब्जा गर्ने रणनीति चलिरहेको हुन्छ ।

सत्य बोल्ने हो भने बौद्धिक जमातहरुले एउटा सिन्डिकेट खडा गरेका छन्, जसमा छिर्नेहरुले महंगो मूल्य तिरेर त छिर्छन, तर निस्कने बेलासम्म उनीहरुको बौद्धिक स्तर निकम्मा साबित भैसकेको हुन्छ ।

सन्दर्भ डाक्टर गोबिन्द केसीको लियौं, उनि चारित्रीक, निष्ठावान हुँदाहुँदै बारम्बार अनसन जस्तो आन्दोलनको कार्यक्रम गर्न किन तयार हुन्छन रु यसले प्रत्युत्पादन गर्ने अर्को भयानक पाटो छदैँछ । राज्य र जनतालाई सहि मार्गमा लिएर जानुपर्ने खालका आन्दोलनहरुमा ब्यापक सहभागिताको आवश्यकता हुन्छ, तर उनले यो सत्याग्रहमा अरु कसैको सहभागिता स्विकार गरेका छैनन, बदलामा उनले आफ्नो सत्याग्रहको ब्रान्डको पेटेन्ट राइट पनि जो मर्जी उसैलाई बाँडीरहेका छन । उनको अनसनमा प्लेकार्ड बोकेर उभिनेहरु मात्रै पनि राजनीतिक रुपमा बिना कर्म अगाडी आएका छन, जसले राष्ट्रियताको सहि अर्थ जानेको पनि छैन, त्यस्ताको झुन्डहरु भोली राजनीतिक उत्तराधिकारी बनेर जन्मिने सम्भावना छ र यो डाक्टर गोबिन्द केसीको आफ्नो सत्याग्रहबाट निस्केको भयानक बाइ(प्रोडक्ट हुनेछ, यसको बारेमा उनले सोचेका छैनन या लापरवाही ढंगले सोचेका छन् ।

सकारात्मक पाटोको अध्ययन गर्दा नेपालको मेडिकल क्षेत्रमा भएको माफियाकरणलाई रोक्न खोज्नु उनको एक्लैको साहस सह्रानिय छ । उनिमात्र होइनन, हरेक नेपालीले राष्ट्रियता,सुशासन जस्ता कुराहरुको लागी त्याग गर्न तयार हुनुपर्दछ ।

यहाँ ब्याख्या गर्न खोजिएको कुरा भनेको डाक्टर गोबिन्द केसीको अनसनको बारेमा दुइवटा परस्पर बिरोधी धारणाहरु आउनु नेपालको बौद्धिक क्षेत्र कतिसम्म गैरनिष्ठावान छ भनेर देखिनु हो । एकथरी बौद्धिक जमात डाक्टर केसीलाई शताप्रतिशत गलत भनेर बजारमा हल्ला गरिरहेका छन् भने अर्काथरी बौद्धिक जमात डाक्टर केसीलाई भगवानको दर्जा दिएर उनीसंगै सती जाउँला जस्तो गर्ने गर्दछन । यो दुइवटा अतिबादी बौद्धिक दृष्टिकोण नै देश बौद्धिक शोषणमा फंसेको एउटा ज्वलन्त उदाहरण हो ।

माथि नै चर्चा गरियो, हरेक आन्दोलनले सधैं सकारात्मक कुरा मात्र जन्माउन सक्दैन, याद राखौ, भारत स्वतन्त्र हुने ताका महात्मा गान्धीले गरेको सत्याग्रहको कारणले नै पाकिस्तान भन्ने अर्कै मुलुकको जन्म भएको थियो ।

अर्को उदाहरण हाम्रै सन्दर्भमा मेल खान्छ, संविधानमा आफ्नो हक अधिकार सुनिश्चित नगरिएको आशयसहित मधेशी मुलका जनताहरु नेपालको सरकारलाई आफ्ना मुद्दाहरु सुनुवाई गरिदिनका लागि भनेर गरिएको आन्दोलनलाई भारतले जबरजस्ती आफ्नो पक्षमा प्रयोग गर्यो र नेपालको अर्थतन्त्र तहसनस गराउने खालको नाकाबन्दी गरेर आफ्नो अभिष्ट पुरा गर्यो । फलस्वरूप अहिले न मधेशीहरु अधिकारसम्पन्न भए, बरु उल्टो यसले नेपालको राजनीतिमा अनौठो ध्रुवीकरणको शुरुवात गरिदियो, जुन आज देखिइरहेको छ ।

ज्ञान विज्ञान र दर्शनले हरेक कुराहरु गतिशीलतामा बुझ्नुपर्ने भनेर बारम्बार हामीलाई सावधान गरिरहेको छ । तर कुनै पनि घटनाक्रमलाइ बुझ्ने सवालमा यहाँ देखिएको गैर निष्ठावान प्रवृत्तिलाई प्रोत्साहन गरेर आफ्नो बौद्धिक दुनो सोझ्याउनेहरुले सोझा साझा बौद्धिक विध्यार्थीहरुलाई आफ्नो प्रभावमा पारेर सिन्डिकेट खडा गर्नका लागि विषयलाई एउटा अतिमा बुझाउने प्रयास गर्दछन् ।

अहिलेको आवश्यकता डा। गोविन्द केसीलाई सकेसम्म सत्याग्रहमा बस्न नदिइकन उनका जायज मागहरु राज्यले तुरुन्त सम्बोधन गरिदिनुपर्थ्यो, त्यसो हुन नसकेपछि, उनको सत्याग्रहपछि आउने सकारात्मक र नकारात्मक परिणामहरुको हिसाबकिताब गरेर उनलाई नेपालको बौद्धिक जमातले समर्थन या बिरोध गर्नु पर्थ्यो ।

के विरोधीले भनेजस्तै डाक्टर गोविन्द केसी पुरै माफियाकै निर्देशनमा चलिरहेका छन् त रु यदि त्यसो भएको भए मेडिकल क्षेत्रलाई सुधार्ने उनको पहिल्यैदेखिको प्रयास, माथेमा आयोगको प्रतिवेदनको कार्यान्वयन, मेडिकल कलेजहरुको विकेन्द्रीकरण जस्ता अति सान्दर्भिक मागहरु कसका लागि हुन् रु यदि उग्र(समर्थकहरुले भने जस्तो उनि नै अन्तिम सत्य हुन् भने बिधी र प्रक्रियामा जानुपर्ने देशको नीति नियमहरुलाई एउटा ब्याक्तिले सत्याग्रह गरेको भरमा त्यसको दिशा परिवार्तन हुन्छ भने यो कस्तो नजीर होला । अनि उनको सत्याग्रहलाई प्रयोग गरेर आँफु उम्किने खालको नियत बोकेर वरिपरि घुमिरहेका भ्रस्टाचारीहरुको सन्दर्भमा उग्र समर्थकहरुको कुनै धारणा आउने गर्दैन ।

कुनै पनि संबैधानिक निकायमा गर्न खोजेको आक्रमणको प्रत्याक्रमणलाई नै “म पागल हुँ” भन्दै जनतामा भावनात्मक भय सृजना गराउने काम चाहिँ डाक्टर केसीको अनसनभित्रको गुह्य सत्य नहुनुपर्छ, यो त उनलाई प्रयोग गरेर देशको विधि विधानको बाटो हिँड्न नचाहने र भ्रष्टाचारबाट जोगिनेहरुको कालो कर्तुत हुनुपर्दछ । घटनाक्रमहरुको व्याख्या र विश्लेषण नगरिकन कुनै पनि समस्याको उग्र समर्थन र उग्र बिरोध गर्नु भनेको नेपालको बौद्धिक बाटो स्वयम् बौद्धिकहरुकै कब्जामा छैन भन्ने उपयुक्त उदाहरण हो ।

त्यस्तै अर्को बिस्तारै तर सशक्तरुपमा चलिरहेको कर्णाली बचाऔं अभियानको बारेमा पनि दुइ थरी धारणाहरु नेपालको बौद्धिक जगतबाट आइरहेको छ । राष्ट्रियताको कुरा गरेर बिकाश बिरोधी राजनीति गर्ने र बिकाशको कुरा गरेर राष्ट्रियता बिरोधी काम गर्नेहरुको चेपुवामा परेको कर्णाली बचाऔं आन्दोलनलाई नेपालको सिन्डिकेट लादिएको बौद्धिक जमातले डाक्टर केसीको सत्याग्रह जस्तै गरेर आफ्नो पक्षमा परिणाम ल्याउन भरमुग्दर कसरत गरिरहेको पाइन्छ ।

राज्यले प्राथमिकता दिएर देशको आन्तरिक समस्या र बाह्य समस्याहरु हल गर्नुपर्ने यो अवस्थामा स्वयम् अराजक बनिरहेको राज्यको अगाडी रोदन र क्रन्दन गरेर देशमा समस्याहरु हल हुँदैनन् । चरम सत्ता लिप्साको मोहमा फसेका राजनीतिक नेताहरुले न त डाक्टर केसी, न त कर्णालीको मुद्दालाई नै सुन्नेवाला छन्, यस्तो अबस्थामा विभाजित भएको जनमतमा पुलको काम गर्ने कोहि नेतृत्व उदाउनु जरुरी छ ।

देशको माफियातन्त्र उन्मुलन गर्नका लागि केही निश्चित घेराहरुबाट गुज्रनुपर्छ, त्यो घेरा सबैलाई सहज नहुन सक्छ, तर गलत समयमा गलत प्रक्रिया अपनाएर राज्य झुक्दैन । अब एउटा राष्ट्रिय मेलमिलापको सत्याग्रह गरौँ, नेपालको बुद्दिजीवी बर्गको बुद्दिमा लागेको सिन्डिकेटको बिर्को खोलौ, अनि समय र घटनाक्रमलाई विज्ञानसम्मत बुझौं त्यसले मात्र एउटा दिगो समाधान दिन सक्छ ।

अन्यथा कारण र परिणाम बिनाका घटनाक्रमहरु मानव सभ्यताका लागि प्रत्युपादक हुन्छ, हामीले जब जब बुझ्ने क्रममा गल्ती गर्दछौ, तब तब हामीमा ब्यबहारिक कठिनाइ आउने गर्दछ, अनि राज्य झन् ठूलो खाडलमा भासिने खतरा हुन्छ ।

साभार : अनलाइनखबर