२०७७ मंसिर १३, शनिबार

संयुुक्त बजार अनुगमन सम्पन्न

cropped-cropped-logos-1असोज १०, सुर्खेत । उपभोक्ताको हित र अधिकारलाई मध्यनजर गर्दै ईलाका प्रशासन कार्यालय बाबियाचौरको अगुवाइमा संयुक्त रुपमा आज बजार अनुगमन गरिएको छ । बाबियाचौरमा रहेका सम्पूर्ण पसलहरुको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा धेरैजसो पसलहरुमा मूल्य सुची नराखेको, पसल दर्ता नगरेको, व्यवसाय नविकरण नगरेको पाईएको छ । अधिकांश व्यापारीहरुले आफुले पसल दर्ताको लागि घुम्ती टोली बाबियाचौरमा आउने भर परेकै कारण समयमा दर्ताको प्रकृयामा अगाडि नबढेको बताएका छन् । उनिहरुले सदरमुकाममा जान खर्च लाग्ने र समय पनि धेरै लाग्ने भएको कारण छिटोभन्दा छिटो बाबियाचौरमा घुम्ती शिविर ल्याउनको लागि पनि ईलाका प्रशासन कार्यालय मार्फत पहल गर्न अनुरोध गरेका छन् ।

अनुगमनका क्रममा म्याद नाघेका बिस्कुट, तेल, भुजा, गुट्खा समेत फेला पारेर नष्ट गरेको छ । त्यस्तै पसलबाट खाद्यान्न तौल गर्ने नापतौल विभागबाट प्रमाणित नगरेका ढक समेत नियन्त्रणमा लिएको छ । हामीले पहिलोपटक ब्यापारी लाई साईन बोर्ड टास गर्न लिखित रुपमा जानकारी दिएका छौ हामी यसलाई पुनः पनि निरन्तरता दिन्छौं, ईलाका प्रशासनका शाखा अधिकृत नन्दा पौडेलले बताय ।

अनुगमनमा ईलाका प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक कमल बहादुर बिष्ट सहितको टोली, गाविस कार्यालय बाबियाचौरका सचिव भद्रबहादुर थापा, गाविस प्राबिधिक मानबहादुर बुढा, साझेदारी विकास परियोजना अन्र्तगत ईक्वेल एक्सेसका धर्मराज खनाल, युवा सञ्जालका प्रतिनिधि , व्यापारी लगायतको सहभागिता रहेको थियोे ।