२०७७ मंसिर १६, मंगलवार

पाकिस्तानी हिरो हिरोइनलाई जुत्ता हानेर भगाउनु पर्छ- भारतीय सांसद

pakistani-actor-actress-in-bollywoodभारतका एक सांसदले पाकिस्तानी हिरो हिरोइनलाई भारतबाट जुत्ता हानेर भगाउनु पर्ने बताएका छन् । सरधना विधायक संगीत सोमले पाकिस्तानी कलाकारहरुलाई मायाँ गर्नुपर्ने कुनै कारण नरहेको बताएका हुन् ।

आइतबार आयोजित एक र्‍यालीलाई सम्बोधन गर्दै सोमले पाकिस्तानी हिरो हिरोइनलाई भारतबाट जुत्ता हानेर देखाउनु पर्ने बताएका हुन् । यस अघि भारतको महाराष्ट्र नवनिर्माण सेनाले पाकिस्तानी कलाकारहरुलाई ४८ घण्टा भित्र भारत छोड्न चेतावनी दिएको थियो छ । कलाकारहरुले भारत नछोडे आफ्नै तरिकाले निकालेर फ्याँक्ने चेतावनी समेत नवनिर्माण पार्टीले दिएको छ ।

भारतमा सयौंको संख्यामा पाकिस्तानी कलाकारको बसोबास छ । भारतमा कतिपय पाकिस्तानी गायकहरु भारतीय भन्दा पनि लोकप्रिय मानिन्छन् ।