२०७७ मंसिर २०, शनिबार

जाजरकोटमा वेवारिसे अवस्थामा गोली फेला ( फोटोफिचर सहित )

jajarkotजाजरकोट –  जाजरकोट प्रहरीले भेरीमालिका ३ स्थित स्याँलापाखा सामुदायीक वन क्षेत्रमा ५ सय ९० राउण्ड गोली फेला पारेको छ ।

    जंगलको भिरमा छरिएर रहेको अवस्थामा विभिन्न क्यालीभरका गोली फेला परेको प्रहरी निरीक्षक हिक्मत बोहराले बताउनु भयो । जाजरकोट डोल्पा सडकको दक्षिण तर्फ १ सय मीटर तल उक्त परिमाणको गोली फेला परेका निरीक्षक बोहराले बताउनु भएको छ ।

सडकमा आवतजावत गर्ने क्रममा स्थानीयले गोली देखे पछि प्रहरीलाई खबर गरेको बोहराको भनाइ छ । फेला परेको गोली प्रहरी संगठनमा प्रयोग गरीने हतियारमा नलाग्ने खालको भएको बोहराले बताउनु भयो । ३ राउण्ड मात्र एस एमजीमा प्रयोग हुने खालको छ ।

4
सशस्त्र द्वन्द कालमा माओवादीले लुकाइएका गोली अन्यत्र लैजाने क्रममा जंगलमा छरपरस्ट पारेर भागेको अनुमान गरीएको निरीक्षक बोहराले बताउनु भयो । २ बर्ष अघि प्रहरीले नगरपालिकाकै रिम्ना स्थित रानीबनमा ठुलो मात्रामा हतियार फेला पारेको थियो ।

1

32

5