२०७७ मंसिर १५, सोमबार

प्रेस सेन्टरले सञ्चार क्षेत्रका समस्याहरु संकलन गरेर सञ्चार मन्त्रालयमा बुझाउने

सरकारी सञ्चार माध्यमलाई प्रादेशिक संचारणामा विकास गर्न माग

14440621_1098780316901911_7756279683785509170_nसुर्खेत, असोज ११ । प्रेस सेन्टर नेपाल, कर्णाली ६ नं. प्रदेशले यहाँका सञ्चार क्षेत्रका समस्याहरु संकलन गरेर सञ्चाल मन्त्रालय र सम्बन्धित अन्य निकायमा पठाउने निर्णय गरेको छ ।

प्रदेश नं. ६ को नवनिर्वाचित कार्यसमितिको सोमबार सम्पन्न पहिलो बैठकले यस्तो निर्णय गरेको हो । यस प्रदेश अन्तर्गतका १० वटै जिल्लामा रहेका सञ्चार माध्यमहरु र पत्रकारहरु र समग्र पत्रकारिताका समस्याहरुको पहिचान गरी सञ्चाल मन्त्रालयमा पठाउने निर्णय गरिएको हो । समस्याहरुको पहिचानका लागि प्रेस सेन्टर प्रदेश नं. ६ का कोषाध्यक्ष तिलक वलीको संयोजकत्वमा सबै जिल्लाका एक÷एक जना प्रतिनिधी रहेको समिति पनि गठन गरिएको छ । यो समितिले समस्याहरुको पहिचान गरी ड्राफ्ट तयार गर्ने र काठमाडौंमा पुगी सम्बन्धित निकायहरुमा ध्यानाकर्षण गराइने निर्णय भएको अध्यक्ष धुव्रविक्रम बुढाथोकीले जानकारी दिए ।

यस्तै प्रेस सेन्टरले औपचारिक रुपमै सञ्चार मन्त्रालयलाई प्रादेशिक संरचना अनुसार नै सरकारी सञ्चार माध्यमहरुको विकास गर्न माग गर्ने निर्णय पनि गरेको छ । प्रदश नं. ६ र यहाँका सबै जिल्लाहरुका तर्फबाट सञ्चार मन्त्रालय मै पुगेर ज्ञापन पत्र बुझाउने निर्णय बैठकले गरेको हो । यसका साथै न्युनतम पारिश्रमिक निर्धारण समितिले तोकेको पारिश्रमिक सरकारी मिडियाहरु बाटै सर्वप्रथम कार्यान्वयन गर्न पनि माग गर्ने निर्णय गरिएको छ ।

बैठकले प्रेस सेन्टर नेपाल ६ नं. प्रदेशमा कार्यालय स्थापना गर्ने, संगठनलाई बलियो बनाउने र आवद्ध पत्रकारहरुको क्षमता अभिबृद्धि गर्ने निर्णय समेत गरेको छ ।