२०७७ मंसिर १४, आईतवार

रातारात पहाड मैदान बनाएर गाडि गुडाउदै कर्णाली करिडोरमा सेना

14484913_985079058267367_3390525297702929830_nकालिकोटको लालिघाट ( खुलालु ) देखि शान्तिघाट हुदेै हुम्ला सदरमुकाम सिमिकोट सम्मको कर्णाली करिडोर निमार्णको जिम्मा लिएको नेपाली सेनाको निमार्ण कार्यदलले कालिकोटको स्युना शान्तिघाट सम्मको ९ किलोमिटर सडकमा गाडि गडाएर पनि स्थानिय चकित परेका छन ।

काम सुरु भएको ६ महीनामै निमार्ण कार्य गरि सकेकाले राष्कोट क्षेत्रका स्थानिय छिटै समयमा गाडि चट्ने समपना पुरा हुने अपेक्षा मा छन । आज भोलि नेपाली सोनको निमर्णा समाग्री बोक्ने टयाक्टर र साना सवारि साधान मोटर साईकलहरु शान्तिघाटको माने बजार सम्म पुगेका छन नेपाली सेनाले आफ्नो पुर्ब र्निारित लक्ष्य पुरा गर्न राति पनि काम गरि रहेको छ । रात भरि कामदारहरु आज भोलि सोलार बत्ति बालेर काम गरि रहेको देख्न सकिन्छ । नेपाली सेनाले शान्तिघाटको ५ सय मिटर कडा चट्टान छिचोलि सके पछि सहजै कालिकोट बाजुारको सिमा क्षेत्र सम्म गाडि गुड्न एक महीना भित्रै सम्भब हुने जनाइएको छ ।

नेपाली सेनाले आज भोलि काम दुर्त गतिमा होस भनेर कामदारहरुलाई रातिको ज्याला १५ सय दिएर चटानमा सोलार बत्ति जडान गरि रातभरि निमार्ण कार्या गर्ने गरिरहेको छ । आज भोलि नेपाली सोनको निमार्ण स्थल कर्णारि करिडोरमा एक दर्जन बढि मेसिनरि औजारहरु संन्चालमना छन दिनमा ९ सय बढि बिष्पोटका आवाजहरु सुन्न सकिन्छ । बिष्पोट गराएर पहाड लाई मैदान बनाउने र बाटो पन्छाउने काम नेपाली सेनाले छिनभरमै गरेको देख्दा स्थानिय चकित परेका छन ।

अघिल्लो दिनमा आफ्ना अगाडी देखिएको डरलाग्दो भिर पहरा रातभरि मेशिनको आवाज सुनिन्थ्यो भोलि दिउसो मैदान बनाएर सडक मनाईदिए नेपाली बिकास निमार्ण को कामत नेपाली सेनालाई दिनु रहेछ स्युना शान्तिघाटका बय बृद्ध पुर्बप्रधान पन्च पदम बहादुर बंमले बताउनु भयो ।  नेपाली सेनाको काम गराई देखेर स्थानिय चकित परेका स्थानिय अर्का लंक कार्कीले । यस्तै रप्तारमा काम भए यो आर्थिक वर्ष समाप्त हुने बेला सम्म कालिकोट बाजुरा सिमा क्षेत्र सम्म बाटो निमार्ण कार्य सम्पन्न हुने र बाजुराका १३ गाबिस र काकिलोटका १७ गाबिसहरुका मानिसहरुको गाडिमा सरसर यात्रा गर्ने सपना पुरा हुने भनाई छ ।

सरकारले आर्थिक बिभागबाट ब्यवस्थापनको सहयोग भए अब निर्धारित समयमै बाटो निमार्ण कार्य सम्पन्न हुने र उतm सडकमा गाडि गुड्ने नेपाली सेना कर्णाली करिडोर निमार्ण कार्यादलका प्रमुख इनद्र बिर गुरुडले बताउनु भयो । उहाँका अनुसार आफ्नो निमार्ण सामाग्री तथा बिद्युतको मेसिन टयाक्टर प्रयोग गरि शान्तिघाट सम्म पुरयाएको र अब यातायाता बिभाग र स्थानिय प्रशासनको अनुमति लिएर शान्तिघाट सम्म गाडि गुडाउदा फरक नपर्ने बताउनु भयो । अब शान्तिघाटको ५ सय मिटर कडा चट्टान छिचोरे पछि पछि हिउदमा नदि घट्दा काकिलोट बाजुरा सिमा क्षेत्र सम्म गाडि गुड्न सक्ने बताउनु भयो ।

नेपाली सेनाले सरकारले दिएको दुई वर्षको समय सिमा भित्र अर्थात आर्थिक वर्ष ०७४ । ०७५ मा सिमिकोट गाडि पुर्याउने प्रमुख कडेल गुरुडले बतउनु भयो । अहीले नेपाली सेनाले लालिघाट, नानिकोटको राताडाब र बाजरा जगनाथको पिली चौरमा क्याम राखेर बाटो उत्खनन् कार्य गरि रहेको छ । प्राय कालिकोट सडक क्षेत्रमा रहेका कडा चटान संग युद्ध लडि सकिएकाले अब एक वर्षमा सम्भवत सबै कडा चटानहरु छिचोरि सकिने लक्ष्य लिएको गुरुडले बताउनु भयो । नेपाल सरकारले सिमिकोट सम्म २ अर्व ८४ करोड ११ लाखको लागतमा बाटो तयार हुने भन्देै कामको जिम्मा नेपाली सेनलाई सरकारले दिएको थियो ।

गएको वर्ष २०७१ चैत ११ गते देखि बाटो मा का सुरु गरेको थियो । त्यसको एक वर्ष काकिलोटको रेगिलमा रहेको पहडा फोड्न लगाएको सेनाले ६ महीानमा गरेको प्रगतिले स्थानियमा आसा पालएको हो । अब पुस सम्ममा नेपाल िसेनाले लालिघाट र काकिलोट क्षेत्रमा रहेका आफ्ना क्याम्पहरु बाजुराको रुगिन सम्म काम गर्ने गरि बाजुरा मुगु क्षेत्रमा सार्ने तयार िगरेको छ । त्यस पश्चात बाजुरा रुगिन भन्दा माथिको कवाडि क्षेत्रमा काम गर्ने सेनाले जनाएको छ । बिगतमा ठेकदारहरुले कडा चटानहरुमा सब्बल को भरले बाटो निमार्ण गर्दा देखेका स्थानिय सेनाले रातारात चटान मैदान बनाएर गाडि गुडाएको देख्दा आफ्नो गाडि चढ्ने सपना बेलैमा पुरा हुने भयो भनेर खुसि ब्यतm गरि रहेका छन ।

बिगतमा सडक डिभिजन सर्खुेत, हुम्ला जुम्ला कालिकोट सडक आयोजना , जिबिस कालिकोट डिलिप परियोजानको करोडौ रकम खर्चिदा पनि बाटोमा गाडि नगुडेको भन्दै सर्बत्र आलोचना भईरहेका बेला सेनाले काममा देखाएको प्रगति प्रति स्थानिय सन्तुष्ट देखिएका हुन ।