२०७७ माघ ३, शनिबार

चोरी भएको १० घण्टामा चोरीको सामानसहित चोरी गर्ने १ जना पक्राउ


सुर्खेत, असोज १२ ।
 मिति २०७३।०६।०८ गते राती जिल्ला सुर्खेत वी.न.न.पा- १७, मंगलगढी चोक स्थित जुम्ला रोडमा रहेको रवि सापकोटाले संचालन गरेको पहाडी हार्डवयर एण्ड सप्लासयर्स पसलमा अं।१०,३५,०००।

( बराबरको सामान चोरी भएको भन्ने सुचना प्राप्तम पश्चा त यस कार्यालयबाट खटिएको प्रहरीको बिशेष टोलीले उक्त सामान चोरी गर्ने जिल्ला जुम्ला चन्दननाथ न।पा।३ घर भई जिल्ला सुर्खेत वी.न.न.पा- ५ चिसापानी बस्ने बर्ष २० को मदन बहादुर बुढथापालाई चोरी भएको १० घण्टामा चोरी भएको सामान सहित पक्राउ गरी अनुसन्धान कार्य भई रहेको ।

साथै, मिति २०७३।०६।१० गते यस कार्यालयबाट प्र.नि.केशवराज ज्ञवालीको कमाण्डमा खटिएको प्रहरीको बिशेष टोलीले जिल्ला सुर्खेत लेखपराजुल ६ सत्तरी सनीमोड स्थित रत्नराजमार्गबाट ने.गं.बाट सुर्खेत तर्फ आउँदै गरेको ग ४ प २९३९ नं. को मो.सा.मा सवार जि.सुर्खेत वी.न.न.पा- १० खजुरा बस्ने बर्ष २४ को विनय मल्ल र ऐ.ऐ.बस्ने बर्ष २८ को ललित जंग मल्ललाई चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट ५ लिटर कोरेक्स  लेखेको ६ वटा पत्ता प्रत्येक पत्तामा १५ पिस गरी जम्मा ८४ पिस अवैध लागु औषध सहित निजहरु विनय मल्ल र ललितजंग मल्ललाई पक्राउ गरी आवश्याक अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय छिन्चु पठाईएको ।