२०७७ माघ ४, आईतवार

खाँडदेवीको ७ औं साधारणसभा

cropped-cropped-logos-1सुर्खेत, असोज १२ ।
साटाखानीमा रहेको खाँडदेवी महिला बचत तथा ऋण सहकारी संस्था लि. को ७ औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ ।

 साधारणसभा सहकारीका अध्यक्ष सुमित्रा ठाडाको सभापतित्व तथा राष्ट्रिय सहकारी संघका संचालक पदम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष ठाडाले प्रगति प्रतिवेदन तथा व्यवस्थापक टीका कुमारी पोख्रेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । व्यवस्थापक पोख्रेलले सहकारीको सेयर पुजी चार लाख ९४ हजार एक सय ५० रुपैयाँ रहेको जानकारी दिइन । यस्तै संस्थाको एक वर्षको कुल कारोबार ४८ लाख २९ हजार ९ सय ३३ रहेको छ भने कर्जा लगानी २९ लाख ५० हजार एक सय ४४ रुपैयाँ रहेको जानकारी गराइएको थियो ।

व्यवस्थापकले संचालन गरेको कार्यक्रममा जिल्ला सहकारी संघका प्रतिनिधी चन्द्रप्रसाद थानी, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णबहादुर भण्डारी, युवा तथा स्वरोजगार व्यवसाय जिल्ला स्वयमसेवक प्रकाश पौडेल, पशु सेवा केन्द्र साटाखानीका प्रमुख टेकराज जि.सी. लगायतको उपस्थित रहेको थियो ।