२०७७ मंसिर १६, मंगलवार

चोरी भएको १० घण्टामा चोरीको सामानसहित चोरी गर्ने १ जना पक्राउ


robber-chorसुर्खेत, असोज १२ । 
प्रहरीले यहाँको वीरेन्द्रनगरमा रहेको एक पसलबाट सामान चोरी गर्नेहरुलाई पक्राउ गरेको छ ।

गत ८ गते गते राती जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१७ मंगलगढी चोक स्थित जुम्ला रोडमा रहेको रवि सापकोटाले संचालन गरेको पहाडी हार्डवयर एण्ड सप्लासयर्स पसलमा करिब १० लाख ३५ हजार बराबरेको सामान चोरी गर्नेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाकारी दिएका छ ।

पसल चोरी भएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको बिशेष टोलीले सामान चोरीमा ंलग्न जुम्लाको चन्दननाथ नगरपालिका–३ घर भई सुर्खेत वीरेन्द्रनगर नगरपालिका–५ चिसापानी बस्ने २० वर्षको मदन बहादुर बुढथापालाई पक्राउ गरेको हो । पक्राउ परेका बुढथापाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।