२०७७ मंसिर २०, शनिबार

अनाथ बाल गृहको भवन निर्माण सहयोगार्थ श्रीमद्भागवत्  सप्ताह  हुने

dharmik-newsकाठमाडौं, १२ असोज । ऐश्वर्य बाल गृहको लागि जग्गा खरिद एवं भवन निर्माण सहयोगार्थ आगामी कार्तिक ४ गतेदेखि १२ गतेसम्म श्रीमद्भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञ कथा प्रवचन हुने भएको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बाल गृहका अध्यक्ष निर्मला घिमिरले उक्त कुराका जानकारी दिईन् । उनका अनुसार बालगृहले अहिले नेपालका दुर्गम पहाडि जिल्लाका गरिब, अनाथ तथा टुहुरा बालबालिकाहरुको लागि लालन–पालन र शिक्षा दिने कार्य गरिरहेको छ ।

 अध्यक्ष घिमिरेले उक्त बाल गृहमा बसेका बालबालिकाहरुको स्याहार सम्भार गर्न आफ्नो स्वईच्छाले आर्थिक, भौतिक तथा नैतिक रुपमा सहयोग गर्न समेत आग्रह गरेकीछिन् ।

उक्त महापुराण सप्ताह ज्ञान महायज्ञको कथा शिरोमणि पं. दिपक प्रसाद पौडेलको मुखारवृन्दबाट प्रवचन हुनेछ ।  उक्त श्रीमद्भागवत् महापुरण सप्ताह विश्व शान्ति ज्ञान महायज्ञ मूल समारोह समितिका संयोजकमा विक्रम केसी रहेका छन् ।