२०७७ माघ ९, शुक्रबार

‘सुर्खेत लगानी वर्ष २०७३’ घोषणा ‘आर्थिक समृद्धिमा जोडदिनुपर्ने,

spसुर्खेत – ‘सुर्खेत लगानी वर्ष २०७३’ बुधबार औपचारिक रुपमा घोषणा भएको छ । नेपाल राष्ट्रिय उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकाल र अन्य उद्योगी, व्यवसायिहरु लगायत सरोकारवालाहरुको उपस्थितिमा घोषणा गरिएको हो ।

उद्योग मन्त्री नवीन्द्रराज जोशीले घोषणा गर्ने कार्यक्रम बनाइएको भएपनि मन्त्री जोशीको अनुपस्थितिमा व्यवसायीहरुको संयुक्त उपस्थितिमा घोषणा गरिएको हो । विशेष गरी सुर्खेत उद्योग बाणिज्य संघको पहलमा जिल्ला विकास समिति सुर्खेतसंगको समन्वयमा ‘सुर्खेत लगानी वर्ष २०७३’ घोषणा गरिएको हो । औपचारिक कार्यक्रमसंगै प्रमुख अतिथी ढकालले निजी क्षेत्रको प्रतिनिधित्व गर्दै र स्थानीय विकास अधिकारी हिलालाल रेग्मीले सरकारी क्षेत्रको नेतृत्व गर्दै खुला मञ्चबाट ‘सुर्खेतलगानी वर्ष २०७३’ लेखिएको ब्यानरसहितका बेलुन उठाएर लगानी वर्षको घोषणा गरेका हुन् ।

घोषणा कार्यक्रममा बोल्दै सहभागीहरुले सुर्खेतमा आर्थिक समृद्धिका थुप्रै सम्भावना र अवसरहरु रहेको भन्दै त्यका लागि यहाँका नागरिकहरु र लगानीकर्ताहरुको मनस्थिति यतार हुनुपर्नेमा जोड दिएका छन् । प्रमुख अतिथी नेपाल राष्ट्रिय उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष ढकालले धेरै सम्भावना भएकोले अब मनस्थिति तयार गरे पुग्ने बताए । यो क्षेत्रमा पर्यटनमा ठुलो सम्भावना भएको भन्दै उनले यसबाटै आर्थिक समृद्धिलाई माथि उठाउन सकिने बताए । तर त्यसका लागि मनस्थिति त्यही किसिमको बनाउनुपर्ने उनको भनाई छ ।

‘‘यहाँ पर्यटनदेखि विभिन्न सम्भावना रहेका छन्,’ उनले भने–‘आर्थिक समृद्धि यहीबाट हुन्छ, पहिले मनस्थिति तयार गर्नुपर्दछ ।’’
यस्तै महासंघका एसोशियट उपाध्यक्ष शेखर गोल्छाले राजनीतिक परिवर्तनका लागि नागरिक, दलहरु र उद्योगी व्यवसायीहरुले धेरै काम गरिसकेको भन्दै अब आर्थिक समृद्धिका लागि काम गर्नुपर्ने बेला आएको बताए । उनले अब राजनीतिक दलहरुले देशको आर्थिक समृद्धिका लागि कसम खाएर हामी कहिल्यै पनि बन्द, हड्ताल गर्दैनौं भन्नुपर्ने बेला आएको बताए । उनले देशै रोजगारीको अवसरहरु सिर्जना गरेर बैदेशिक रोजगारीमा गएका युवाहरुलाई स्वदेशमै रोक्न सक्नुपर्ने बताए ।

कार्यक्रममा महासंघका केन्द्रीय कार्यकारी सदस्य तथा ग्लोबल आईमई बैकका अध्यक्ष चन्द्र ढकालले सुर्खेतको आर्थिक समृद्धिका लागि आफूहरु सहयोग गर्न तयार रहेको बताएका थिए भने अर्का सदस्इ निरक के.सी.ले पनि यहाँको विकासका लागि लगानी भित्र्याउन आवश्यक रहेको र त्यो पहल सरकारी, निजी र सहकारी तीनवटै क्षेत्रबाट पहल हुनुपर्ने बताए ।

कार्यक्रममा लगानी वोर्डका खगेन्द्र रिजाल, मप क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष पदम शाही, नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी, नेकपा (एमाले) सुर्खेतका उपाध्यक्ष अमृत कुमार वी.सी. लगायत अन्य राजनीतिक दलहरुका प्रमुख तथा प्रतिनिधीहरुले पनि आफ्नो भनार्य राखेका थिए । कार्यक्रम स्थानीय विकास अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा सम्पन्न भएको हो ।

यसैबीच, लगानी वर्ष घोषणा गरेर यो वर्ष मात्रै सुर्खेतमा करब ६ अर्ब रुपैयाँ लगानी भित्र्याइने सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले बताए । सुर्खेतमा कृषि, जडीबुटी र जलविद्युतको क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ता तयार भएको भन्दै उनले यो वर्ष लगानी भित्र्याइने बताएका थिए ।
तस्बीर : बेलुन उडाएर लगानी वर्षको घोषणा गरिदै ।