२०७७ माघ ५, सोमबार

सामुदायिक संस्थालाई सक्रिया बनाइने

सुर्खेत, असोज १३ । सुर्खेतका विभिन्न गाविसमा रहेका सामुदायिक संस्थाहरुलाई सक्रिय बनाएर लैजान आफूहरु जिम्मेवार भएर लाग्ने गरिवी निवारण कोष अन्तरगत रहेका सामाजिक परिचालकहरुले बताएका छन् ।

गरिवी निवारण कोष काठमाडौं आयोजना तथा सिमान्तकृत महिलाहरुका लागी महिला संस्था (वाम) को समन्वयमा सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरिएको लेखा तथा घुम्ति कोष तालिको समापन कार्यक्रममा उनिहरुले यस्तो बताएका हुन् । उनीहरुले यसअघि लेखा तथा घुम्ती कोष सम्बन्धी त्यती ज्ञान नभएको भन्दै यो तालिमले आफुहरुलाई लेखा सम्बन्धी काम गर्न सहज हुने बताएका छन् ।

तालिमको समापन समारोहमा सहभागी सरोकारवालाहरुले ग्रामीण क्षेत्रका नागरिकहरुलाई आयआर्जनतर्फ लिनको लागी सामाजिक परिचालकहरुको भुमिका ठुलो हुनेमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै जिल्ला विकास समितिका टिकाराम पोख्रलले समुदायीक संस्थामा आवद्ध सदस्यहहरुलाई कसरी अगाडि बढाउँने परिचालकहरुको हातमा भएको बताए ।

कार्यक्रम जिल्ला विकास समिति सुर्खेतका समाजिक विकास अधिकृत टंक लामिछानेको अध्यक्षतामा सम्पन्न भएको हो भने तालिममा ३० जनाको सहभागिता रहेको थियो ।