२०७७ मंसिर १४, आईतवार

प्राध्यापक र कर्मचारीको शुभकामना आदानप्रदान

सुर्खेत, असोज १३ । नेपाल राष्ट्रिय प्राध्याप तथा कर्मचारी संगठन सुर्खेत क्याम्पस (शिक्षा) को संयुक्त आयोजनामा बुधबार शुभकामना आदानप्रदान कार्यक्रम भएको छ ।

दशै र तिहारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो । नेपाल राष्ट्रिय प्राध्यापक संगठनका केन्द्रीय सचिवालय सदस्य लालबहादुर वलीको प्रमुख आतिथ्यता तथा सुर्खेत क्याम्पस (शिक्षा) का संयोजक रत्नप्रसाद पाण्डेको अध्यक्षतामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सुर्खेत क्याम्पस (शिक्षा) का सहायक क्याम्पस प्रमुख राजन कुमार कंडेल लगायत अतिथीहरु र प्राध्यापक, कर्मचारीहरुले एक आपसमा शुभकामना आदानप्रदान गरेका थिए ।