२०७७ मंसिर १३, शनिबार

मोडेल कलेजमा शुभकामना आदानप्रदान

smcसुर्खेत, असोज १३ ।  दशै, तिहार तथा छड पर्वको अवसरमा सुर्खेत मोडेल कलेजमा शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

सुर्खेत मोडेल कलेजको विद्यार्थी परिषद्द्वारा आयोजना गरिएको कार्यक्रम क्याम्पस प्रमुख गणेश आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा क्याम्पसका शिक्षकहरु देवेन्द्रकुमार वाग्ले, नारायण तिवारी, बब्लु गुरुङ र क्याम्पसमा विभिन्न वर्षमा अध्ययनरत विद्यार्थीहरुले शुभकामना मन्तव्य दिएका थिए ।

विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । कार्यक्रम विविएस चौथो वर्षका छात्र जानकी थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।