२०७७ कार्तिक ५, बुधबार

सरकार परिवर्तनमा बाह्य शक्तिको कुरा आउनु दुखद्बा- बुराम भट्टराई

Baburam-Bhattarai-Briefs-Media१३ साउन, विरेन्द्रनगर ।

नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले सरकार परिवर्तनमा बाह्य शक्ति केन्द्रहरुको नाम जोडिनु दुःखद भएको बताएका छन् ।

‘सरकार परिवर्तनको कुरा आन्तरिक लोकतन्त्रको कुरा हो,’ आज सुर्खेतमा नेपाल प्रेस सोसाइटीले आयोजना गरेको पत्रकार भेटघाटमा डा। भट्टराईले भने, ‘यसमा वाह्य शक्ति केन्द्रहरुको नाम जोडिनु अत्यन्त दुखद कुरा हो ।’


आफूलाई पनि अराष्ट्रवादीको आरोप लगाउने गरिएको भन्दै डा। भट्टराईले त्यस्तो आरोप लगाउनेहरुलाई ‘नीलवर्ण स्याल’ को संज्ञा दिए । नीलवर्ण स्यालको कथा सुनाउँदै उनले भने, ‘निलो रंगमा डुबेर नीलो भएको स्यालले आफूलाई जंगलको राजा भएको बताएर अरुलाई दुख दिने गर्दथ्यो र पछि अरु स्याल कराउँदा नीलो स्याल पनि सँगै कराएपछि ऊ पनि स्याल भएको पत्ता लागेको थियो ।’

अर्को प्रसङ्गमा डाक्टर भट्टराईले मुलुकमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुने शासकीय प्रणाली कायम गर्नका लागि संविधान संशोधन गर्न अभियान चलाउने बताएका छन् ।

अहिलेको व्यवस्थाले देशलाई समृद्ध बनाउन नसक्ने भन्दै उनले देशको विविधता सम्बोधन गर्न पूर्ण समानुपातिक व्यवस्थापिका र राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुने व्यवस्थाको खाँचो औंल्याए ।