२०७७ मंसिर १०, बुधबार

जाजरकोटमा ४४ जेष्ठ नागरिक सम्मानित

20161001_091008जाजरकोट, असोज १५  । जाजरकोटमा ४४ जना जेष्ठ नागरिकहरुलाइ विशेष सम्मान गरिएको छ । २६औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसका असरमा सदरमुकाम खलंगामा यो सम्मान गरिरएको छ ।

जेष्ठ नागरिकप्रति हुने भेदभाव विरुद्ध उभिउ भन्ने नाराका साथ मनाइएको जेष्ठ नागरिक दिवसका अवसरमा जिल्लाका विभिन्न स्थानमा रहेका जेष्ठ नागरिकहरुलाइ भेला गराएर उनीहरुलाइ सम्मान गरिएको हो ।

 सदरमुकाम खलंगाको ठाँटीवजार स्थित वृद्धाश्रमको आंगनमा आयोजित कार्यक्रममा ६० वर्ष नाघेका १६ जना पुरुष र २६ जना महिला जेष्ठ नागरिकहरुलाइ विभिन्न क्षेत्रका व्यक्तिहरुले सम्मान गरेका थिए । जिल्ला सदरमुकाम लगाएत विभिन्न दुरगम गाउँवाट सम्मान लिनका लागि जेष्ठ नागरिकहरु खलंगा पुगेका थिए ।

जिल्ला विकास समिति र महिला तथा वालवालिका कार्यालयले दिवस मनाउनका लागि दिएको २० हजार रकमलाइ जेष्ठ नागरिकहरुको सम्मान गर्ने कार्यक्रममा खर्च गरिएको जेष्ठ नागरिक संघ जाजरकोटका अध्यक्ष तेजविक्रम शाहले वताए । कार्यक्रममा प्रहरी निरीक्षक सुभाष भट्टले पनि जेष्ठ नागरिक सम्मानका लागि केहि रकम दिएका थिए ।