२०७७ माघ ३, शनिबार

पूर्तिघाटमा कार्तिक १ गतेदेखि धार्मिक पर्यटन महोत्सव हुने

dharmikकाठमाण्डौ – श्रीमद्भागतवत् संङगीतमय सप्ताह ज्ञान महाज्ञले आगामी कार्तिक १ देखि ९ गतेसम्म पर्वत र गुल्मीको संगम स्थल प्रजापति क्षेत्र पूर्तिघाटमा पर्यटन महोत्सवको आयोजना गर्ने भएको छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पर्वत र गुल्मी आसपासमा रहेका धार्मिक पर्यटकीय क्षेत्रको बिकास र पर्वद्धन गर्ने उद्देह्यका साथ उक्त महत्सवको आयोजना गरेको बताउदै अरुण धर पराजुलिले भने,“हामीसँग सुनको थाल छ तर त्यहि सुनको थालमा भिख मागेर बाँचिरहेका छौँ, वैद्धिक मानव जातिको उत्पति पनि यसै गण्डकीको वहाफमा भएको हो, यस क्षेत्रमा रहेका पर्यटकिय क्षेत्रहरूको बिज्ञापन गर्न सकेका छैनौ ।”

आयो यो कलिको कराल भूमरी छोपेर चारैतिर ।।
आँखा बन्द भए कला कृति गए, मनमा छ सारै पिर ।
फालौं जाल पराईका हित चिनांै, मैत्री जगतमा गरि ।।
आफ्नै संस्कृतिमा डटौ, मिली उठौँ आयो परिक्षा घडि ।

राष्ट्रगुरू योगीनाथ नरहरी त्यस्तै कार्यक्रममा पूर्व सभासद सुर्वण ज्वारचनले गुल्मी जिल्लामा भएका पर्यटकिय स्थलहरूको प्रचार प्रसारसंगै संरक्षणको खाँचो रहेको बताउदै उनले भनिन् “यो धार्मीक महोत्सव २०७३ लाई सभ्य र भव्य बनाउन मेरो साथ सहयोग रहने छ । ”
त्यस्तै रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले पत्रकारहरुले नेताका मात्रै कुराहरू लेखेर देशको बिकास नहुने भन्दै धार्मिक, पर्यटन सँगै सिङ्गो समाजको विकास गर्नको लागि आफू सधै समर्पित हुने बताए ।  अर्को प्रसँगमा धमलाले गुल्मीमा सम्पन्न हुने धार्मीक महोत्सव

२०७३ को सबै दिनको सत्य तथ्य जानकारी देशव्यापि प्रवाह गर्न आफुले निर्देशन दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।  कार्यक्रममा बोल्दै कालीगण्डकी यात्रा नेपालका अध्यक्ष नविन पौडेलले यस क्षेत्रका हरेक पर्यटकीय क्षेत्रका बारेमा प्रचार प्रसारमा गर्नु पर्ने बताउँदै अनले भन “वैद्धिक मानवको सुरुवात यसै कालीगण्डकी नसदको वाहफमा भएको हो ।

अब यस क्षेत्रको संरक्षणमा पत्रकारहरूको पनि महत्वपुर्ण हात रहन्छ ।” अर्को प्रसँगमा उनले थपे “खुर्सानि खादा पिरो हुन्छ, सबैलाई थाह छ, यदि खुर्सानि भनेर खाँदा गुलियो भयो भने त्यसको अर्थ रहँदैन ।”  त्यस्तै वि.पि.प्रतिष्ठान नेपालका महासचिव देवेन्द्र पौडेलले देश हरेक रुपमा भत्किन थालेको भन्दै अब धार्मिक कोर्णबाट समाजलाई सकारात्मक बाटोमा लैजानु पर्ने बताएका छन् । कार्यक्रममा गोविन्द गौतम, भवानि श्रेष्ठ लगायतले यस क्षेत्रका पर्यटकिय स्थलको बारेमा आफ्ना धारणा राखेका थिए ।