२०७७ माघ ७, बुधबार

एमाले प्रदेश नं. ६ को प्रथम बैठक, माओवादी केन्द्रको चर्काे आलोचना

umaleसुर्खेत, असोज १६।  नेकपा (एमाले) प्रदेश नं. ६ संगठन कमिटीको प्रथम बैठक सम्पन्न भएको छ । पार्टी उपाध्यक्ष तथा प्रदेश नं. ६, संगठन कमिटी संयोजक यूवराज ज्ञावलीको अध्यक्षतामा बसेको बैठक सरकार र माओवादी केन्द्रको चर्काे आलोचनासहित सम्पन्न भएको हो ।

बैठकलेले पारित गरेका विशेष प्रस्तावहरु माओवादी केन्द्रको आलोचना मै केन्द्रित भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को भारत भ्रमणको सन्दर्भमा कतिपय विवादास्पद भेटघाट भएको भन्दै बैठकले भ्रमणको अवसरमा गरिएको संयुक्त बक्तव्यप्रति आपत्ति प्रकट गरेको छ । यस्तै बैठकले स्वतन्त्र परराष्ट्रि नीति माथी आँच पु¥याएको आरोप लगाउदै आपत्ति जनाएको छ ।

यस्तै संविधानको प्रभावकारी कार्यान्वयनका लागि आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारले व्यवस्थापिका संसदमा प्रस्तुत गरेको कार्ययोजना तथा कार्यतालिकालाई प्रचण्डले लत्याएको भन्दै कडा आपत्ति जनाएको छ । एमालेले वर्तमान सरकारप्रति मुलुकमा गम्भीर संवैधानिक तथा राजनैतिक शून्यता सृजना गर्न खोजेको आरोप लगाउँदै आलोचना गरेको छ ।

दास्रो संविधानसभाको निर्वाचन २०७० मा निर्वाचनको सन्दर्भमा रुकुममा राजनीतिक पुर्वाग्रह राखेर आफ्ना कार्यकर्ताहरुलाई माओवादीले झुठ्ठा मुद्दा लगाएको भन्दै आलोलना गरेको छ । यस्तै वर्तमान सरकारले कर्णालीवासीलाई जन्म र मृत्युको बेला बीस किलोग्राम चामल दिने निर्णय गरेको प्रति यसले कर्णाली बासीलाई अपमान गरिएको भन्दै आलोचना गरेको छ ।

प्रदेश नं. ६ संगठन कमिटीले गरेको निर्णयहरु र पारित गरिएका प्रस्तावहरुको शनिबार पत्रकार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।